पोखरा। विशेष अदालतले वाइडबडी विमान खरिदमा ४ जनालाई दोषी ठहर गरेको छ ।
बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह राई र न्यायाधीश रितेन्द्र थापाको इजलासले चार नेपालीलाई दोषी ठहर गरेको हो ।
विशेषले नेपाल वायु सेवा निगमका अध्यक्ष एवं पर्यटन सचिव शंकर अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसकार र सहसचिवहरू बुद्धिसागर लामिछाने र शिशिर ढुंगानालाई दोषी ठहर गरेको हो । विशेषले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहितलाई भने सफाइ दिएको छ ।
विशेषले विमान खरिमा एक अर्ब ४७ करोड १० लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ ।
अदालतले विमान निर्यातकर्ता कम्पनीका तर्फबाट संलग्न नेपाली मूलका बेलायती नागरिकसहित ६ जनालाई पनि दोषी ठहर गरेको छ ।
यसैबीच, अदालतले तत्कालीन पर्यटनसचिव हालका अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईको भूमिकामा समेत संशय व्यक्त गरेको छ । विमान खरिद प्रक्रियाको प्रारम्भमा संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका तत्कालीन सचिव तथा सञ्चालक समितिका अध्यक्ष श्री प्रेमकुमार राईको अध्यक्षतामा मिति २०७३।१।२ मा बसेको निगम सञ्चालक समितिको बैठकबाट नै निगमको आर्थिक विनियमावली २०६५ को विनियम २३६ ९१० ९क० बमोजिम व्यवस्थापनबाट अध्ययन गरी निगमका लागि २ वटा वाइडबडी विमान खरिद गर्ने सम्बन्धमा प्रस्तुत प्रस्ताव अनुसार खरिद कार्य अघि बढाउन उपर्युक्त विनियमावलीको विनियम २३६ (१) (ख) अनुसार खरिद प्रस्तावको अध्ययन गरी प्रतिवेदन पेस गर्न नियमानुसार वाइडबडी खरिद उपसमिति गठन गर्ने निर्णय भएको देखिन्छ । तर, आरोपपत्रमा उक्त निर्णयका सम्बन्धमा कुनै विवाद गरिएको देखिँदैन । निगमको विनियमावलीमा भएको उक्त कानुनी व्यवस्था उल्लेख गरी वाइडबडी खरिद उपसमिति गठन गर्ने भनी कार्यादेश दिने सञ्चालक समितिको सोही निर्णयको निरन्तरता स्वरूप यो खरिद प्रक्रिया टुंगिएको देखिन्छ ।
वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ चैत ०८० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
सम्बन्धित खबर
रोटरी पोखरा लेकसाइडद्वारा विद्यार्थीलाई पोशाक वितरण
शिक्षण पद्धतिमा सूचना प्रविधिलाई जोड दिन आवश्यकः प्रदेश प्रमुख भट्ट
देश र जनताप्रति समर्पित भएर लाग्ने प्रेरणा मिलोस्ः प्रदेश प्रमुख भट्ट
रविको पुनरावेदनमा उच्चले कास्की अदालतसँग माग्यो कैफियत प्रतिवेदन
रविले दिएको पुनरावेदनको सुनुवाई आज, राईको आदेशविरुद्धको सुनुवाइ राईकै इजलासमा
पोखराको साइमनबाट झण्डै १५ लाख चोरेर फरार दुई पूर्वकर्मचारी बुटवलमा पक्राउ
यो पनि पढौँ
पोखराको अमरसिंह चोकका व्यापारिक सटर हटाइने, विद्यालयले दियो ३५ दिनको समय
पोखराको साइमनबाट झण्डै १५ लाख चोरेर फरार दुई पूर्वकर्मचारी बुटवलमा पक्राउ
टाइगर कपका लागि हेल्प नेपालले अनुबन्ध गर्यो एक अमेरिकीसहित ३ विदेशी खेलाडी
आईटी सेवामा पनि प्रवेश गर्यो सिटिजन ग्रुप