सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ

सहकारी ठगी प्रकरणः

सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ

Surya-Darshan-Sahakari

पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका पोखराका कृष्ण गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

सूर्यदर्शन सहकारीका साधारण सदस्य उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

उनी कतार जान लागेका थिए । बिहीबार नै पोखरा ल्याएर शुक्रबार उनलाई सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस गरिएको छ । उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो ।

सूर्यदर्शनकै रकम अपचलनको आरोप लागेका पूर्व गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds