अर्जुनचौपारी गाउँपालिकाले लैङ्गिक हिंसा विरूद्ध सचेतना जगाउने उद्देश्यका साथ आयोजना गरेको खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
‘लैङ्गिक हिंसा निवारणमा नागरिकको भूमिका’ भन्ने शिर्षकमा भएको खुल्ला प्रतियोगितामा १२ जना प्रतिस्पर्धीलाई पछाडी पार्दै दीपिका अर्याल प्रथम भएकी हुन् ।
प्रतियोगितामा दोस्रो स्थान सुलता थापा मगर र तृतीय स्थान प्रविन विकले हात पारेका थिए भने नन्दकली तिवारीले सान्त्वना स्थान प्राप्त गरेकी थिइन् ।
अर्जुनचौपारी गाउँपालिकामा पनि महिला हिंसा केही हदसम्म कायम नै रहेको बताउँदै पालिका अध्यक्ष प्रकाश तिवारीले यस्ता घटना निस्तेज गर्न सरोकारवाला सबै मिलेर लाग्नुपर्ने बताए ।
कार्यक्रममा अध्यक्ष तिवारीले यस अभियानमा आमा समूह तथा स्वयंसेविका सबैको साथ चाहिने बताए ।
पालिका उपाध्यक्ष सपना गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डे, प्रवक्ता एवं वडा नम्बर दुईका वडाध्यक्ष धन बहादुर गुरुङ, कार्यपालिका सदस्य ज्योती केसी ढकाल लगायतले लैङ्गिक हिंसा न्यूनीकरण गर्न सचेतना र महिला सशक्तीकरणमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा विभिन्न आमा समूहका प्रतिनिधि, महिला स्वयंसेविका तथा विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
पुतलीबजारमा अब निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण सुविधा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला