पोखरा महानगरपालिकाको नगरसभाको विशेष बैठक २३ गते सम्मका लागि स्थगित भएको छ ।
पोखरा महानगरपालिकामा करार कर्मचारीसम्बन्धी विषयलाई लिएर एमालेबाट निर्वाचित वडाध्यक्षहरुले विशेष नगर सभा मागेपछि विहीबार सभा सुरु भएको थियो ।
सभा सुरु भएर उपमेयर मञ्जुदेवी गुरुङले स्वागत गरेलगत्तै मेयर धनराज आचार्यले थप छलफल गर्नुपर्ने भन्दै सभा २३ गतेसम्मका लागि स्थगित भएको जानकारी गराए ।
कर्मचारी हटाउने विषयको विवाद उत्कर्षमा पुगेपछि नेकपा (एमाले) को मागका आधारमा पोखरा महानगरपालिकाको विशेष नगर सभा बोलाइएको थियो । २९ कात्तिकमा एमालेले विशेष नगर सभाको लिखित माग गरेको थियो । सोही मागका आधारमा नगर सभा डाकिएको हो । नगर सभाका एजेण्डामध्ये केही एजेण्डा अदालतमा विचाराधीन भएकोले कार्यसूचीबाट हटाउन काँग्रेसले माग गरेको छ ।
एमालेले कर्मचारीसँगै ६ बुँदे एजेण्डा राखेर विशेष नगर सभाको माग गरेको हो । अरु पालिकाबाट आएका काज कर्मचारीलाई उनीहरुको पदाधिकार रहेकै कार्यालयमा फिर्ता पठाउनुपर्ने, महानगरको कर्मचारी संगठन तथा व्यवस्थापन सर्भेक्षण गर्नुपर्नेलगायत माग एमालेको छ । यस्तै सुशासन र गौरवका केही आयोजनालाई पनि एजेण्डामा समावेश गरिएको छ । महानगरको राजस्व बक्यौता असुली कार्ययोजना बनाएर आगामी नगर सभामा पेस गर्ने, मणिपाल अस्प्तालको राजस्व छुट सम्बन्धमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्ने, फोहोरमैला प्रशोधन केन्द्रको प्रगति प्रस्तुत गर्ने एजेण्डा छ ।
यता, महानगरको गौरवका रुपमा रहेका पोखरा सभागृह निर्माण, प्रशासकीय भवन निर्माण, पोखरा बसपार्क निर्माण, फेवातालको मापदण्ड कार्यान्वयन र फोहोरमैला व्यवस्थापनको अत्यधुनिक प्रशोधन केन्द्र निर्माण गर्ने एजेण्डाहरु नगर सभामा छलफल हुनेछन् । एमालेले माग गरेका एजेण्डा नै मेयर आचार्यले सदर गर्दै नगर सभामा पेस गर्ने भनेका थिए ।
काँग्रेस वडाध्यक्षहरूको दबाबमा मेयरले बैठक स्थगित गरेको बुझिन्छ । किनकि काँग्रेसले नगर सभा अवरोध गर्ने तयारी गरिसकेको थियो । अदालतमा भएको मुद्दा सभाको छलफल गर्ने एजेण्डा बनाउन नमिल्ने भन्दै सभा सुरु हुने वित्तिकै अवरोध गर्ने तयारी काँग्रेसको थियो ।
यसअघि, काँग्रेस र एमालेका जनप्रतिनिधिहरुबीच छलफल पनि भएको थियो । तर सहमति जुटेन ।
आफू उपस्थित नभएको १४ कात्तिकको ३७ औं कार्यपालिका बैठकले निर्णय गरेर २८ प्राविधिकसहित ३५ जना करार कर्मचारी हटाएपछि एमाले रुष्ट बनेको हो । आफूनिकटका कर्मचारी छानेर फालेको आरोप एमालेले लगाएको छ ।
सम्बन्धित खबर
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
हेमजामा आलु महोत्सव सुरू, वैशाख ३ गतेसम्म चल्ने
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
पिसिएममा ‘शिक्षण र सिकाइः चुनौती र रणनीति’ विषयक कार्यशाला
पोखरामा गुञ्जिए पुरुषोत्तम न्यौपाने
पोखरामा ६८ औं सहकारी दिवस मनाइयो
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर