जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १ घाइते

जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १ घाइते

accident-road_traffic

जाजरकोट । जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

सिंह एण्ड ब्रदर्स निर्माण सेवा प्रालीको प्रदेश ३–०१–०२३च ४७१९ नम्बरको बोलेरो जिप मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नगरपालिका १० नुवागाउँ नजिकको मोडमा दुर्घटना भएको हो ।

मध्य पहाडी लोकमार्गमा काकीगाँउबाट कुदुतर्फ आउँदै गरेको जिप सडकबाट करिब सात सय मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा गाडि चालक कैलालीका २५ वर्षीय मनोज केसी र जुम्ला घर भई हाल भेरी नगरपालिका ७ स्याउली बजार बस्ने २२ वर्षीय मिथुन हमाल रहेको प्रहरीले जनाएको छ ।

यसैगरी, दाङको घोराही उपमहानगरपालिका ८ घर भएका २३ वर्षीय कमल चौधरी दुर्घटनामा परी घाइते भएका छन् । घाइते चौधरीलाई जिल्ला अस्पताल जाजरकोटमा लगिएकोमा थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds