पोखरा । पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ सुरु भएको छ । कोटिहोमको शोमबार गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरे ।
प्रदेश प्रमुख भट्टले यस स्थानमा विगतमा पनि साधुसन्त महन्त सिद्धपुरुषहरुले कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि यस पवित्र भूमिमा विभिन्न उद्धेश्यका साथ कोटीहोम भक्तिज्ञान महायज्ञ आयोजना गरिएकोमा धन्यवाद ज्ञापन गरे ।
उनले भने – ‘धार्मिक पर्यटनको विकासका लागि शुद्ध मनहरूबाट यस्ता सत्कर्मका प्रयासहरू आवश्यक रहन्छ । विश्वका कयौँ देशहरुले धार्मिक पर्यटनबाटै विकासमा फड्को मारेको अवस्था छ ।’

यज्ञको उद्याटनमा ब्रह्मनिष्ठ १००८ सन्त शिरोमणि मुक्तीनाथ धाम बुटवलका संरक्षक लोकानत्द स्वामी, कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान, स्याङ्जाका संस्थापक अध्यक्ष चैतन्त्र कृष्णले संक्षिप्त धार्मिक प्रवचन दिएका थिए ।
यज्ञ संचालन नारी परिचालन उपसमिति संयोजक पार्वता पाण्डेले कोटिहोम संचालनको उदेश्यवारे जानकारी दिदै ढुङगेसाँघुको यो ठाउलाई धार्मिक स्थलको रुपमा विकास गर्ने योजना सुनाएकी थिइन् ।

प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले धार्मिक पर्यटकीय केन्द्र बनाउन सबै पोखरेलीको साथ र सहयोगको लागि आग्रह गरेका छन् ।

यज्ञ उद्घाटन पहिले पोखरा महानगरपालिका वडानम्बर १५ को कार्यालय अगाडीबाट यज्ञ स्थल ढुङगेसाँघु, पट्नेरी शुक्लागण्डकी (सेती नदी) को तटसम्म कलय यात्रा निकालिएको थियो ।
अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिले कोटिहोमको आयोजना गरेको हो । मंसिर २७ गतेसम्म कोटिहोम संचालन हुने छ । ।
कोटिहोममा १५ भन्दा बढि बाचकलाई निम्ता गरिएको आयोजकले जनाएको छ ।

धाममा १०८ शिवलिङग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्थानका लागि पुग्न १०८ सिँढी, जेष्ठनागरिक मिलन केन्द्र स्थापना गर्ने उदेश्यका साथ कोटिहोमको आयोजना गरिएको समितिका उपाध्यक्ष राजकुमार बरालले जानकारी दिए ।
यज्ञको दोस्रो दिन प्रमुख बाचक ढकालसहित दिग्र्शनबाचक शिरोमणी दिपक सापकोटा, भागवतमन्जरी पुज्य राधाकिशोरी दासीले कथा बाचन गर्ने कार्यक्रम रहेको धामका कोषाध्यक्ष नारायण भण्डारीले जानकारी दिए ।


सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो