२० औं लेखनाथ महोत्सव पुस १८ गतेदेखि माघ १ गतेसम्म

महोत्सव

२० औं लेखनाथ महोत्सव पुस १८ गतेदेखि माघ १ गतेसम्म

Lekhnath-Mahotsab-Photo-scaled

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा पुस १८ गतेदेखि माघ १ गतेसम्म २० औं लेखनाथ महोत्सव हुने भएको छ ।

उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकील सहआयोजक रहेको महोत्सव पोखरा महानगरपालिका वडा नम्बर २७ डाँडाको नाक, तालचोकमा सञ्चालन हुने संघकी महासचिव तथा महोत्सव प्रचार प्रसार उपसमितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिइन् ।

महोत्सवमा स्टल राख्न चाहनेहरुको लागि सोमबारदेखि मंसिर १७ गतेदेखि स्टल बुकिङ खुल्ला गरिएको आयोजकले पराजुली अधिकारीले जानकारी बताइन् । उनका अनुसार स्टल बुकिङका लागि सदस्यहरुलाई विशेष प्राथमिकता राखिएको छ । अन्य व्यवसायीहरुका लागि मंसिर २४ गतेदेखि बुकिङ खुल्ला गरिने छ ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास समृद्धि’ भन्ने नारासहित सञ्चालन हुन लागेको महोत्सवलाई व्यवस्थित बनाउनका लागि विभिन्न समिति उपसमिति गठन भएको छ । जसअन्तर्गत ९ सदस्सीय निर्देशक समिति, ३९ सदस्यीय सल्लाहकार समिति, ४७ वट उप समिति र ११७ सदस्यीय कार्यसम्पादन समिति गठन भएको छ ।

महोत्सवमा ३ सय ३६ वटा स्टल राखिने जसमध्ये अटो प्रर्दशनीका ६, शैक्षिक/ ग्रामीण प्रविधि प्रदर्शनीका १२, कृषि प्रदर्शनीका ३६, किचन सामग्रीका २५, मेसिनरीका १०, हस्तकला प्रदर्शनीका १६, गार्मेन्ट तथा रेडिमेटका १०८, जनरल २६, फुड एन्ड बेभरज प्रदर्शनीका १६, डेरी प्रदर्शनीका ९, नेपाली उत्पादन प्रदर्शनीका २२, खाना महोत्सवका १७ र बैंक तथा वित्तीय संघसंस्था तथा प्रायोजक अन्तर्गतका ३३ वटा स्टल रहने संयोजक अधिकारीले बताइन् । सदस्यले स्टल राखेमा २० प्रतिशत छुट र ढुवानीका लागि थप २ हजार रुपैयाँ पनि उपलब्ध गराइने उनले जानकारी दिइन् ।

यसपालि महोत्सवमा पहिलो पटक महिलाहरुको क्षमता अभिवृद्धिका लागि महिला समूहहरुबीच हाजिरी जवाफ प्रतियोगिता हुने लेउवाका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । यस्तै महोत्सवमा नव प्रतिभा खोजी अन्तर्गत खुल्ला युगल जोडी नृत्य प्रतियोगिता हुने छ । महोत्सवको थप आकर्षणको रुपमा यस वर्ष एशियाका ज्योतिको रुपमा चिनिने शान्तिका दूत गौतम बुद्धको प्रतिमा राखिने उनले सुनाए ।

स्थानीय कृषि तथा औद्योगिक उत्पादनमा प्रर्वद्धन, हस्तकलाका वस्तुहरुको बजार प्रवद्र्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप र प्रविधि हस्तान्तरण, उद्यमशीलता, सृजनशीलतामा जोड दिनु महोत्सवको मुख्य उद्देश्य रहेको लेउवाका अध्यक्ष श्रेष्ठले बताए । यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरुमा उत्पादित वस्तु तथा सेवाहरुको प्रदर्शनी, जातिय भेषभूषा, कला संस्कृति, रितिरिवाजको जर्गेना, नवप्रतिभा प्रस्फुटन साथै आन्तरिक एवं वाह्य पर्यटक प्रर्वद्धन गर्ने महोत्सवको उद्देश्य रहेको छ ।

महोत्सवको मुख्य आर्कषणमा सुगम संगीततर्फ पप कन्सर्ट र लाइभ व्यान्डको प्रस्तुति तथा राष्ट्रियस्तरका चर्चित कलाकारहरुको लोकदोहोरी तथा हास्यव्यंग्य प्रस्तुति रहने आयोजकले बताएको छ ।

लेखनाथ क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफी, ताजा तरकारी, जैविकविविधता, दुग्ध जन्य उत्पादन लगायतको बिक्री एवं प्रदर्शनी, फुड फेस्टिभल, अटोमोबाइल प्रदर्शनी, शैक्षिक प्रदर्शनीहरु, विद्यालयस्तरीय खुला चित्रकला प्रदर्शनी, बाल उद्यान, खाना महोत्सव, उत्कृष्ट स्टल पुरस्कार लगायत महोत्सवका आर्कषणमा रहेको आयोजकको भनाइ छ ।

महोत्सवको पूर्वसन्ध्यामा झाँकी प्रर्दशनी तथा विभिन्न जातजातिको रितीरिवाज तथा सांस्कृतिक प्रर्दशनी गरिने छ । भने महोत्सवमा महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गीत कार्यक्रम पनि रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds