काठमाडौँको कीर्तिपुर नगरपालिका कांग्रेसले क्लिनस्विप गरेको छ।
२ वडाध्यक्षसँगै मेयर पदका उम्मेदवार कांग्रेसका कृष्णमान डंगोलले जित हात पारेका छन्। एमालेले तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ।
दोस्रो स्थानमा माओवादी उक्लिएको छ।
कीर्तिपुरको मेयर पदका लागि एमालेका सुरेन्द्र मानन्धर र माओवादीका शिवशरण महर्जन प्रतिस्पर्धामा थिए। यस्तै स्वतन्त्र उम्मेदवार राजमान महर्जन थिए।
कांग्रेसका कृष्णमानले ५ हजार ३३४ मत ल्याउँदा माओवादीका शिवशरण महर्जनले ४ हजार ५५५ मत पाएका छन्। एमालेका सुरेन्द्रले ४ हजार ३३७ मत मात्र पाए।
स्वतन्त्र उम्मेदवार राजमान महर्जनले २ हजार ३६ र अर्का स्वतन्त्र उम्मेदवार कविकुमार महर्जनले १ हजार ३१४ मत प्राप्त गरे।
निर्वाचन अधिकृत इन्दिरा कार्कीले मतगणना सकिएको र चाँडै नै आधिकारिक रूपमा घोषणा गर्ने नेपालखबरलाई बताइन्।
२०७९ को निर्वाचनमा कीर्तिपुर नगरपालिका प्रमुखमा कांग्रेसकै राजकुमार नकर्मी ९ हजार ४३ मत पाएर विजयी भएका थिए। एमालेका केशरत्न बज्राचार्यले त्यतिखेर ५ हजार ५०७ मत ल्याएका थिए।
कांग्रेस र एमालेका दुवै उम्मेदवारले पहिलाको तुलनामा अहिले कम मत पाएका छन्।
अघिल्लो चुनावमा माओवादीका शिवशरण महर्जन नै उम्मेदवार थिए र उनले ४ हजार ९० मत पाएका थिए। अहिले उनले जित हासिल गर्न नसके पनि मत संख्या बढाएका छन् र एमाले उम्मेदवारलाई उछिनेका छन्।
दुवै वडाध्यक्षमा कांग्रेस
काठमाडौँको कीर्तिपुर नगरपालिका–१ मा कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मत पाई निर्वाचित भए भने एमालेका हर्ष महर्जनले ४९८ मत मात्रै पाए।
अघिल्लो चुनावमा यस वडामा कांग्रेसका हीरालाल महर्जन निर्वाचित भएका थिए। त्यतिखेर एमालेका हर्ष महर्जन नै उनीसँग पराजित भएका थिए।
कीर्तिपुरकै वडा नं ४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी भए। उनले ७४२ मत पाउँदा स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी) ले ४९५ मत पाइन्।
अघिल्लो चुनावमा यस वडाको अध्यक्षमा श्यामकुमार अधिकारी स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका थिए। उनले १ हजार ३८० मत पाएका थिए।
त्यतिखेर कांग्रेसका राजेन्द्र बानियाँ दोस्रो स्थानमा थिए। उनले १ हजार ५७ मत पाएका थिए भने एमालेका ईश्वरकुमार बाँस्कोटाले जम्मा २ सय ३६ मत पाएका थिए।
रोचक त के भने बानियाँले पहिला १ हजार ५७ मत पाउँदा पनि जित्न सकेका थिएनन् । तर अहिले ७४२ मत मात्र पाउँदा पनि वडाध्यक्षको कुर्सीमा बस्न पाउने भएका छन्।
सम्बन्धित खबर
मधेश आन्दोलनको १८ वर्ष पूरा, बलिदानी दिवसको रुपमा मनाइँदै
यी स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रेम सम्बन्ध बिग्रिएपछि युवतीको तस्वीर दुरूपयोग गरी चरित्र हत्या गर्ने युवक पक्राउ
समाजवादी प्रेसका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष नै एमाले निकट चौतारी प्रवेश
रुपन्देहीमा कुटपिटबाट एक भारतीय मजदुरको मृत्यु
पक्षघात उपचारका लागि दुर्लभ र महँगो औषधि निःशुल्क उपलब्ध गराउने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी