अभिनेत्री कविता नेपालीले सगरमाथा आरोहण गर्ने

अभिनेत्री कविता नेपालीले सगरमाथा आरोहण गर्ने

kabita-nepali

काठमाडौँ । मोडल तथा अभिनेत्री कविता नेपालीले संसारकै अग्लो शिखर सगरमाथा आरोहण गर्ने भएकी छन्।

यतिबेला उनी सगरमाथा आरोहणका लागि आवश्यक पूर्व तयारीमा छिन्। डान्सिङ रियालिटी शोको विजेता कविताले १ सय भन्दाबढी म्युजिक भिडिओ, केही वेब सिरिजमा काम गरेकी छन्।

उनले हालै आफ्नो पहिलो फिल्म ‘एक्लो’ को छायांकन सकेकी छन्। साइन्स फिक्सनमा आधारित फिल्म ‘एक्लो’ को छायांकनका लागि अपर मुस्ताङ पुग्दा सगरमाथा चढ्ने सोच पलाएको अभिनेत्री कविताले बताइन्।

सगरमाथा चढ्नुअघि अन्य हिमालहरू चढ्नु पर्ने र आवश्यक तालिम समेत लिनुपर्ने भएकोले उनी अहिले तयारीमा जुटेकी हुन्। अहिले सगरमाथा बेस क्याम्पमा तयारी गर्दै गरेकी छन्।

‘सगरमाथा चढ्नु जोखिम काम हो अझै महिलाहरूका लागि झन जोखिम मानिन्छ’ उनले भनिन्, ‘जोखिम काम सफलता गरेर आफ्नो र देशको नाम राख्ने हो।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ