स्थानीय तह उपनिर्वाचन अन्तरगत जारी मतगणनामा हालसम्म ११ वटा वडाको अन्तिम मत परिणाम घोषणा भएको छ ।
जसअनुसार नेपाली कांग्रेसले ६, एमालेले ३ तथा माओवादी केन्द्र र नेमकिपाले १–१ वटा वडा जितेका छन् ।
स्थानीय तहमा रिक्त पदका लागि आइतबार ३३ जिल्लामा उपनिर्वाचन भयो। बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान भएको थियो।
मतपेटिका संकलन गरेपछि बेलुकीदेखि मतगणना भइरहेको छ। अहिले धमाधम वडाध्यक्षको मतपरिणाम आइरहेको छ।
निर्वाचन आयोगका अनुसार कालीकोटको तिलागुफा नगरपालिका–४ मा नेमकिपाका खड्गराज शाही विजयी भएका छन् । यसैगरी ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा एमालेका गंगाबहादुर तामाङ, रौतहटको इशनाथ गाउँपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक, महोत्तहरीको रामगोपालपुर नगरपालिका–२ मा एमालेका ककिवल खाँ निर्वाचत भएका छन् ।
यसैगरी गोरखाको गोरखा नगरपालिका–५ मा माओवादी केन्द्रका विष्णु बहादुर मगर, रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा कांग्रेसका मोतीराम खत्री, दैलेखको दुल्लु नगरपालिका–१३ मा एमालेका लालबहादुर शाही, जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका खम्बबहादुर सिंह, डोटीको पूर्वीचौकी गाउँपालिका ६ मा कांग्रेसका मोहन थापा र दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा कांग्रेसकै धनसिंह कुँवर निर्वाचित भएका छन् । यसैगरी रुकुम पूर्वको पुथा उत्तरगंगा २ मा माओवादीका जगत धर्ती यसअघि नै निर्वाचित भएका थिए ।
अन्य अधिकांश वडाहरुका साथै स्थानीय तहमा समेत मतगणना जारी रहेका छन् ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो