काठमाडौंको टोखा नगरपालिका–१० गोंगबुस्थित ‘क्रेजी चिया भट्टी’ नामको चिया पसलमा दुई युवकमाथि भएको आक्रमण घटनामा चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा लमजुङको दूधपोखरी गाउँपालिका–५ का २० वर्षीय सुमित तामाङ, सोही ठाउँका २० वर्षकै सुसन तामाङ, धादिङको रुबीभ्याली गाउँपालिका–४ का २५ वर्षीय उम्बे गुरुङ भनिने उमेश घले र रुबीभ्याली–६ कै १९ वर्षीय कान्छा भनिने आशिष गुरुङ छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
यो समूहले गत ३० भदौमा क्रेजी चिया भट्टीमा रुपेश गुरुङ र सागर तामाङ नाम गरेका युवकहरुलाई आक्रमण गरेका थिए ।
प्रेमिका खोसेको निहुँमा उनीहरुमाथि कुर्सी, हेल्मेट, रड र सीसाको बोतल प्रहार भएको थियो । हाल पक्राउ परेकाहरुविरुद्ध प्रहरी वृत्त महाराजगञ्जमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएकाले कारबाहीका लागि महाराजगञ्ज पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए ।
सम्बन्धित खबर
राष्ट्रपति पौडेल अस्पतालमा भर्ना
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
नेपाल र चीनबीच ८ विषयमा पारस्परिक सहयोगसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
स्थानीय तह उपनिर्वाचन: सबै स्थानको नतिजा सार्वजनिक
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर साढे २ लाख महिलाको परीक्षण गरिने
आज ३३औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै
यो पनि पढौँ
पोखरामा ट्रकको ठक्करबाट सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
भारतबाट पहिलोपटक जहाज आयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा
पोखरामा मोटरसाइकल चोरी गरी पाटपुर्जा झिकेर बिक्री गर्ने युवक पक्राउ