पोखरा। एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ भन्ने मूल नाराका साथ पोखरामा ३७ औं विश्व एड्स दिवस मनाइएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा तथा गण्डकी प्रदेशमा एचआइभी एड्स तथा यौनरोग नियन्त्रणका क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी संघसंस्थाको समन्वयमा विविध कार्यक्रम गरी दिवस मनाइएको हो ।
पोखराको बसुन्धरापार्कमा मूल समारोह आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालयका महानिर्देशक डा. खिम बहादुर खड्काले जनस्वास्थ्यका क्षेत्रमा सरकारले संचालन गरेका कार्यक्रममध्ये एचआईभी एड्स नियन्त्रण कार्यक्रम अत्यन्त सफल भएको बताए ।
जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपाली संक्रमितलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले प्रयास गरिरहेको बताए ।
राष्ट्रिय एड्स महासंघका केन्द्रीय सचिव मनोज गुरुङले संक्रमितहरुमा हुने गरेको भेदभाब र लान्छना अन्त्यका लागि सबै नागरिकमा जनचेतना फैलाउनुपर्ने कुरामा जोड दिए ।
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले सन् २०३० सम्म एचआइभी मुक्त समाज निर्माणका लागि सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
दिवसको सन्दर्भमा जनप्रतिनिधिमा एचआइभी सम्वन्धी अभिमुखीकरण, अति विपन्न सिएबिए बच्चाहरुलाई न्यायो कपडा वितरण, जुम्बा कार्यक्रम, जनचेतनामूलक सामग्री प्रशारण, एसटिआई र भिआइए क्याम्प, मैनवत्ति प्रज्वलन जस्ता विविध कार्यक्रम गरिएको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत कमल रानाभाटले जानकारी दिए ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो