त्रिवि क्रिकेट मैदानको भीडमा च्यापिँदा ७ जना घाइते, एक प्रहरीको अवस्था गम्भीर

त्रिवि क्रिकेट मैदानको भीडमा च्यापिँदा ७ जना घाइते, एक प्रहरीको अवस्था गम्भीर

bhid

काठमाडौँ । कीर्तिपुर नगरपालिका–१० स्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग –एनपिएल)को उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर २ प्रहरी जवानसहित ७ जना घाइते भएका छन् ।

आज शनिबार दिउँसो विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच भएको उद्घाटन खेल हेर्न पुगेका दर्शकहरुबीच धकेलाधकेल पछि भएको झडपका क्रममा ७ जना घाइते भएका हुन् ।

सो झडपमा क्रममा संघीय संसद् सुरक्षा बेस, नयाँ बानेश्वरमा कार्यरत २६ वर्षीय प्रहरी जवान अजय तामाङ र २८ वर्षीय दान बहादुर राउत घाइते भएको बताइएको छ ।

प्रहरीका अनुसार कीर्तिपुर अस्पतालमा सामान्य उपचार पछि वीर अस्पताल रिफर गरिएका तामाङलाई अहिले बाँसबारीस्थित न्युरो अस्पताल लगिएको छ । बोल्न नसक्ने अवस्थामा रहेका उनको टाउकोमा चोट लागेको बताइएको छ ।

यस्तै, कीर्तिपुर अस्पतालमा सामान्य उपचारपछि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा रिफर गरिएका राउत भने बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले बताएको छ ।

अन्य घाइतेहरुको वीर अस्पताल, टिचिङ अस्पताल लगायतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds