पोखरा । गत मंसिर ५ गते पोखरा चिप्लेढुङ्गास्थित ट्रेडमल अगाडि पार्किङमा राखेको ग २३ प ९२०८ नम्बरको ड्युक बाइक गायब भयो ।
पार्किङमा राखेको मोटरसाइकल हराएको सूचना कास्की प्रहरीकहाँ पुग्यो । त्यसपछि वडा प्रहरी कार्यालय बैदामले मोटरसाइकल खोजतलाज गर्दै जाँदा विजय थापा नाम गरेको फेसबुक आइडीमा उक्त मोटसाइकलको पार्टपुर्जा निकालेर बिक्रीका लागि राखेको भेट्यो ।
मोटरसाइकलको पार्टपुर्जा बिक्रीका फेसबुकमा राखेका विजयलाई अनुसन्धानका लागि प्रहरीले बुधबार नियन्त्रणमा लियो । अनुसन्धानको क्रममा थापाले ग २३ प ९२०८ नम्बरको डुक मोटसाइकलको पार्टपुर्जा आफ्नो ग१६प १४ ६२नम्बरको मोटरसाइकलमा राखेको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

थापाले केही पार्टपुर्जा आफ्नो मोटरसाइकलमा राखेको र अन्य पार्टपुर्जा छुट्टाएर पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित कोठा भाडामा लिएर लुकाएर राखेको अवस्थामा फेला पारेको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
दुर्गा प्रसाईंनिकट युवाहरूले लगाएका थिए तीनकुनेको घरमा आगो [भिडियो]
दुर्गा प्रसाईं असाममा पक्राउ, नेपाल ल्याइँदै
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
काठमाडौँको तीनकुने घटनामा थप ६ जना पक्राउ
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु