गण्डकीका १० युवाले आइकन अफ गण्डकी प्रदेश अवार्ड प्राप्त गरेका छन् ।
नेपाल युवा परिषद्ले विभिन्न क्षेत्रमा क्रियाशील भई सामाजिक तथा आर्थिक रुपान्तरण लगायत अन्य विधामा काम गर्ने १० जनालाई ‘आईकन अफ गण्डकी प्रदेश’ वितरण गरेको हो । यस्तै, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीलाई नेशनल सोसल चेञ्ज मेकर अवार्ड प्रदान गरिएको छ ।
आइकन अफ गण्डकी प्रदेशहरूमा पत्रकारितामा विजय नेपाल, महिला तथा बालबालिका विधामा अमोर सेवा गृह स्याङ्जाकी अध्यक्ष कमला पराजुली, समाजसेवामा प्रिन्सा रेग्मी, युवामा रश्मी गौतम, पर्यटनमा बलराम तिमिल्सिना, शिक्षामा मोनिका थापा, स्वास्थ्यमा सरस्वती पुरी, उद्यमशीलतामा बिमल शर्मा, सूचना तथा प्रविधिमा रबिन पौडेल र कृषि तथा जलवायुमा सन्तोष पौडेल रहेका छन् ।
‘आइकन अफ गण्डकी प्रदेश’का लागि परिषद्ले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी तीन सदस्यीय छनौट समिति बनाएको थियो ।
जसमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रतिनिधिसहित सामाजिक अभियन्ता अपार पौडेल र पत्रकार एवं अनुसन्धानकर्ता गोविन्द मरासिनी रहेका थिए । यो समितिले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी प्रदेशभित्रका १० जना छनौट गरी परिषद् समक्ष पेस गरेको थियो ।
यसैबीच, नेपालको पर्यटकीय राजधानी पोखरामा शुक्रबार ‘गण्डकी प्रदेश युवा सम्मेलन’ सुरु भएको छ । नेपाल युवा परिषद्को आयोजनामा आजदेखि सुरु भएको सम्मेलनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेले युवा विदेशिने ग्लोबल टेन भएको भन्दै युवा विदेशिए पनि देशप्रतिको दायित्व कहिल्यै बिर्सन नहुने बताए । विदेश गएका युवाले देश र राष्ट्रको भविष्यप्रति चिन्ता गर्नुपर्ने र स्वदेशप्रति गाली मात्र गर्न नहुने सुझाव दिए ।
आजबाट सुरु भएको सम्मेलन भोलीसम्म चल्नेछ । कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटा, पोखरा महानगरका प्रमुख धनराज आचार्य, कृषी उद्यमी बोधराज अर्याल लगायतले विभिन्न बिषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् । प्रदेशभरबाट सहभागी करिब २०० जना युवाहरूबीच बृहत छलफलपश्चात पोखरा घोषणापत्रसमेत जारी हुने नेपाल युवा परिषद्का अध्यक्ष सरोज बाँनियाले जानकारी दिए ।
‘उद्यमी युवा समृद्ध देशः दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने नाराका साथ ५ प्रदेश (वाग्मती, लुम्बिनी, कर्णाली, कोशी र सुदुरपश्चिम)मा प्रदेश युवा सम्मेलन सम्पन्न भइसकेको छ ।
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला