कालीगण्डकी अध्यक्ष कप तथा खेलकुद महोत्सव सुरु

कालीगण्डकी अध्यक्ष कप तथा खेलकुद महोत्सव सुरु

kaligandaki cup and khel mahotsab-2

कालीगण्डकी गाउँपालिकामा छैठौं अध्यक्ष कप तथा खेलकुद महोत्सव आजबाट सुरु भएको छ । कालीगण्डकी गाउँपालिका -७ मिर्मी खेलमैदानमा संचालित महोत्सवको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन् ।

गाउँपालिकाले खेलकुद क्षेत्रमा विकास तथा प्रवर्धन गर्ने उद्देश्यले हरेक वर्ष जस्तै यस वर्ष पनि महोत्सवको आयोजना गरेको हो ।

शुक्रबारदेखि तीन दिनसम्म चल्ने खेलकुद महोत्सवमा महिला/पुरुष फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन(एकल तथा डबल), टेबल टेनिस(एकल तथा डबल), दौड, बुद्धिचाल खेल हुनेछन् ।

सात खेल २२ विधामा प्रतिस्पर्धा हुने खेल महोत्सवमा कालीगण्डकी गाउँपालिकाका प्रत्येक वडाबाट ९८ जनाको दरले झण्डै ७०० जना खेलाडी सहभागी रहेको पालिका अध्यक्ष खिम बहादुर थापाले बताए ।

विगत सात वर्षदेखि प्रतियोगिता भइरहेको अध्यक्ष कप तथा कालीगण्डकी खेलकुद महोत्सव -२०८१ मा २२ स्वर्ण, २२ रजत र २२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका विजेता तथा उपविजेतालाई नगद पाँच लाख १० हजार रुपियाँ पुरस्कार वितरण गरिने पालिकाले जनाएको छ ।

अध्यक्ष कप तथा कालीगण्डकी खेलकुद महोत्सव -२०८१ मा सहभागी खेलाडीले खेलमैदानमा मार्चपास समेत गरेका छन् । खेल महोत्सव उद्घाटन गर्नु अघि मन्त्री गुरुङले मिर्मी बजारमा कालीगण्डकी अस्पतालमा रहेको आधारभूत आँखा उपचार केन्द्रको उद्घाटन गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ