प्रधानमन्त्रीद्वारा फेदीखोला गाउँपालिका सम्मानित

प्रधानमन्त्रीद्वारा फेदीखोला गाउँपालिका सम्मानित

fedikhola sammanit

अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्ने पहिलो स्थानीय तह फेदीखोला रहेको हुँदा प्रधानमन्त्रीद्वारा गाउँपालिका सम्मानित भएको छ ।

सातौं सामाजिक सुरक्षा स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीलाई सम्मान गरेका हुन् ।

सिङ्गो राज्यले नै प्रथम स्वरुप सम्मान गर्दा आगामी दिनहरुमा गाउँपालिकालाई अझै अन्य क्रियाकलापद्वारा अगाडि बढाउने हौसला, उर्जा मिलेको पालिका अध्यक्ष सुवेदीले बताए ।

कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हृदम लामा, बाँसगढी नगरपालिकाका प्रमुख खड्गबहादुर खड्का, बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राई र सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईलाई समेत आ-आफ्नो पालिकामा अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सुरक्षा कोषमा समावेश गर्न थालनी गरेकोमा सम्मान गरिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds