पोखरा महोत्सव पुस २५ देखि माघ ७ गतेसम्म, तयारी सुरू

मेला महोत्सव

पोखरा महोत्सव पुस २५ देखि माघ ७ गतेसम्म, तयारी सुरू

३० समिति गठन

pokhara mahotsav day 5 news photo

पोखरा महोत्सवकाे १३औँ संस्करण आगामी पुस २५ देखि माघ ७ गतेसम्म सञ्चालन हुने भएकाे छ ।

महोत्सवकाे तयारी तीव्ररुपमा अघि बढाइएकाे आयाेजक युनाइटेड क्लबले जनाएकाे छ । महाेत्सव सञ्चालनका लागि क्लब अध्यक्ष लोकबहादुर थापाकाे संयाेजकत्वमा ३० वटा उपसमिति गठन गरिएको छ ।

जसअन्तनशर्गत कार्यसम्पादन समिति संयोजकमा राजु श्रेष्ठ, अतिथि व्यवस्थापनमा हिमालय बख्रेल, सचिवालय व्यवस्थापनमा शुकबहादुर गुरुङ, अनुगमनमा लालकाजी गुरुङ, कलाकार व्यवस्थापनमा गणेश तिमिल्सिना, प्रायोजक व्यवस्थापनमा शान्तबहादुर थापा, सुरक्षा व्यवस्थापनमा सूर्यबहादुर बानियाँ छन् ।

यसैगरी प्रचारप्रसार संयोजकमा दिनेश सुनार, अर्थ तथा स्टल व्यवस्थापनमा जयराम आचार्य, ट्राफिक व्यवस्थापनमा सन्तोष कार्की, ब्यानर व्यवस्थापनमा सीमा गुरुङ, झाँकी र्‍याली तथा संघसंस्थामा बिष्णुकुमार गुरुङ, टिकट काउन्टर व्यवस्थापनमा पूर्णकुमार श्रेष्ठ, स्वास्थ्यमा नरहरि पनेरु, स्वयंसेवक व्यवस्थापनमा शिव थापा छन् ।

यस्तै खानेपानी व्यवस्थापनमा पदमबहादुर कार्की (विजय), मायाको चिनो व्यवस्थापनमा शान्ति सुवेदी, विद्युतीय सुरक्षा व्यवस्थापनमा बुद्ध कार्की, पृष्ठपोषण व्यवस्थापनमा रीमबहादुर कार्की, खानाखाजा व्यवस्थापनमा गणेश खड्का, सरसफाइ तथा फोहोरमैला व्यवस्थापनमा सुरेश थापा, विद्यालय समन्वयमा रमेशबहादुर कार्की, बीमा व्यवस्थापनमा राजेन्द्रबहादुर थापा छन् ।

साथै मूल्याङ्कन व्यवस्थापनमा शुशिलराज पराजुली, पर्यटन प्रवर्द्धनमा गोविन्द घिमिरे, पार्किङ व्यवस्थापनमा कृष्ण थापा मगर, अतिरिक्त क्रियाकलापमा चन्द्र थापा, मिडिया कोअर्डिनेटरमा गीता राना र कार्यालय सचिवमा कुशुम गुरुङ छन् ।

यसैगरी सल्लाहकारमा सेती थापा, सम्मरबहादुर श्रेष्ठ, पवित्रादेवी गुरुङ, विश्व प्रकाश लामिछाने, तीर्थलाल श्रेष्ठ, मुक्षेत्र गुरुङ, प्रेमछिरी शेर्पा, लिलाबहादुर जिसी, पोखरा-१२ का अध्यक्ष सन्तोष बास्तोला, पोखरा-१० का अध्यक्ष राजेश गुरुङ, पोखरा-१३ का अध्यक्ष किरण बराल, पोखरा-१५ का अध्यक्ष तोरण बानियाँ, पोखरा-१४ का अध्यक्ष बोधराज कार्की, पोखरा-११ का अध्यक्ष प्रेम कर्माचार्य, टीकाबहादुर कार्की, रोजेन्द्र बहादुर कार्की, गोपाल गुरुङ (रामबजार), कृष्ण कोइराला, राजकुमार गुरुङ, दिपक थापा, मीन गुरुङ, सुनील गुरुङ, कृष्णकुमारी थापा, जसबहादुर गुरुङ, दया बराल, यमबहादुर गुरुङ (गल), डम्बरजंग गुरुङ, शिवबहादुर बराल, दानबहादुर गुरुङ, तेजबहादुर गुरुङ, शंकरनाथ पौडेल, कृष्णबहादुर थापा, ओम सुवेदी, नीलकण्ठ पोख्रेल, सन्जीव कोइराला, सु. इन्द्रबहादुर गुरुङ छन् ।

यसैगरी बलराम ढुंगाना, अनिल थापा, श्यामकृष्ण श्रेष्ठ, राम नारायण श्रेष्ठ, चिन्तामणि बास्तोला, रामबहादुर पौडेल, गजबहादुर गुरुङ, गुप्तबहादुर कार्की, नुना गुरुङ, उज्जवल रन्जित, नरेन्द्र गुरुङ, लालकाजी गुरुङ, डा. कृष्ण केसी, डा. प्रदीप घिमिरे, महेश गुरुङ, गोपाल गुरुङ (बाँझापाटन), अमर केसी, माधव गौतम, ओम बस्नेत, माधव घिमिरे, मोहन गुरुङ, रुद्र श्रेष्ठ, राजेश गुरुङ, सोमनाथ पौडेल, प्रेमप्रसाद गौतम, धनमाया गुरुङ, राजेन्द्र प्रसाद बास्ताकोटी र पोखराका ३३ वटै वडाध्यक्ष पनि सल्लाहकार छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ