काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसलाई प्रधानमन्त्री बनिदिन हप्ता हप्तामा आग्रह गर्ने गरेको खुलासा गरेका छन्।
बिहीवार कीर्तिपुरको उपनिर्वाचनमा चुनावी सभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्। प्रचण्डले काँग्रेसलाई प्रधानमन्त्री बन्न हप्तामा एकपटक आग्रह गर्ने गरेको उनले बताएका हुन्। उनले नेपाली काँग्रेस इमान्दारीपूर्वक वर्तमान सरकारलाई तीन वर्षसम्म अघि बढाउन चाहेको बताए।
उनले सरकार तलमाथि गर्ने नभई आफूहरू परिणाम दिने गरी काम गरिरहेको दावी गरे। उनले सरकारलाई स्थिर बनाउन काँग्रेस लागेको स्पष्ट पारे।
थापाले भने, ‘हामी अहिले केपी ओलीसँगैको यो सरकारलाई तीन वर्ष लिएर जान चाहन्छौँ। हामी परिणाम दिन चाहन्छौँ। अहिले पनि प्रचण्डले हप्तामा एकपटक काँग्रेसलाई खबर पठाउनुहुन्छ, लौ न प्रधानमन्त्री बनिदिनुपर्यो।’
महामन्त्री थापाले सबै एक भएर बेरोजगारी र गरिबी विरुद्ध लड्न आवश्यक रहेको बताए।
सम्बन्धित खबर
प्रचण्डले प्रधानमन्त्री बनिदिनुपर्यो भनेर हप्ता हप्तामा खबर पठाउँछन्: गगन थापा
काँग्रेस कास्कीको प्रवक्ता बने नवीन सिग्देल
युवाको विदेश पलायन रोक्नु चुनौती बन्यो : देउवा
प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई भने, ‘काम गर्नू, नसक्ने भए पदमा बसिनरहनू’
सरकार बीआरआई सम्झौता गरिहाल्नुपर्छ भन्नेमा छैन: सञ्चारमन्त्री गुरुङ
अहिलेको सरकार जनताको सरकार हो, मेरो कोही छैन भन्नेका निम्ति राज्य छ: प्रधानमन्त्री ओली
यो पनि पढौँ
पोखराको फिर्के पुलबाट बाइक खस्यो, तीन जना घाइते
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
आज पनि तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ