काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित लक्ष्य हासिल हुने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन्।
बुधवार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सबै मन्त्रालयको त्रैमासिक कामप्रति असन्तुष्टि जनाउँदै निर्धारण गरिएका लक्ष्य प्राप्त हुनेगरी कामको गतिलाई अझै तिव्रता दिन मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले सचेत गराए।
प्रधानमन्त्रीले राखिएका लक्ष्य अनुसार काम गर्न नसक्ने मन्त्रीलाई पद ओगटेर बस्ने काम गर्न नहुनेतर्फ पनि सचेत गराउनु भएको संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए ।
उनले भने, ‘मुख्यगरी सबै मन्त्रालयकोहरुको एकीकृत प्रस्तुति थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिवले प्रस्तुति दिनुभयो। प्रस्तुतिपछि सचिव, मन्त्रीज्यूहरुले आ-आफ्नो मन्त्रालयसँग सम्वद्ध र समग्र विषयमा जुन ३ महिनाको हाम्रो समिक्षा थियो, त्यसमा आधारित भएर हामीले कुरा राख्यौं । प्रधानमन्त्रीले अन्तिममा निर्देशन दिनु भएको छ । अब झन गतिका साथ अगाडि बढ्ने र हामीले मन्त्रालयका लिएका जे लक्ष्य छन्, त्यो लक्ष्य हासिल गर्ने गरी अगाडि बढनुपर्छ भनेर प्रधानमन्त्रीले निर्देशन दिनु भयो । केही सुधार गरेर अझ राम्रो गर्नुपर्छ भन्ने नै हो । प्रधानमन्त्रीज्यू काम गर्न नसक्ने भए पद ओगटेर बसिरहन नहुनेतर्फ सबैको ध्यान आकृष्ट गराउनुभयो।’
त्यस अवसरमा मन्त्रीहरुले आ-आफ्ना मन्त्रालयको असोज महिनासम्मको कामको ब्रिफिङ प्रधानमन्त्री ओलीलाई गरेका थिए । त्यस क्रममा मन्त्रीहरुले अन्तरमन्त्रालय समन्वयमा देखिएको समस्याका कारण पनि लक्ष्यअनुसार काम गर्न समस्या भएको धारणा पनि राखेको मन्त्री पाण्डेले बताए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो