पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले राष्ट्रिय भलिबल टीमको कप्तान अरुणा शाहीलाई नगदसहित सम्मान गरेको छ ।
पोखरामा १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१ औपचारिक शुभारम्भ समारोहमा हिसान कास्कीले अरुणालाई नगद २५ हजार ५ सय ५५ सहित सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले व्यक्तिगत रुपमा अरुणालाई नगद ५ हजार प्रदान गरे ।
प्रदेश प्रमुख भट्टले भने– ‘यसरी नै विद्यालय स्तरीय खेलबाट आज राष्ट्रिय भलिबल टीमको कप्तान बन्नु सानो कुरा होइन । यहाँ उपस्थित अन्य विद्यार्थीहरुलाई पनि अभिप्रेरित होस् भनी मैले व्यक्तिगत तबरले पुरस्कार प्रदान गरेको हूँ ।’
कप्तान शाहीले हिसान कास्की र प्रदेशप्रमुख प्रति आभार व्यक्त गर्दै यूवा खेलाडीहरुले शिक्षा संगै खेलकुदमा लाग्न आग्रह गरिन् । उनले सक्षम खेलाडी उत्पादनका लागि हिसान स्पोर्टस मिट जस्ता कार्यक्रमहरु सहयोगी हुने बताउँदै मेहनतले सफलता प्राप्त गर्न सकिने बताइन् ।
हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हिसानका केन्द्रिय अध्यक्ष रमेश कुमार सिलवाल, हिसान कास्कीका निवर्तमान अध्यक्ष एवं १७ औं हिसान स्पोर्टस मिटका संयोजक याम बहादुर रोक्का लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो