पोखराको फिर्के पुलबाट मोटरसाइकल खस्दा तीन जना घाइते भएका छन्।
गएराति समयमा पोखरा महानगरपालिका -४ बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको ग८प ४९०७ नम्बरको बाइक अनियन्त्रित भइ फिर्के पुलबाट खसेको कास्की प्रहरीले जनाएको छ ।
बाइक पुलबाट तल खोल्सामा खसेकामा सवार तीन जना गम्भिर घाइते भएका छन् । ढाँड भाँच्चिएको, करङ भाँच्चिएको अवस्थामा उनीहरुको उद्धार गरिएको थियो । उनीहरूकाे अहिले उपचार भइरहेको छ ।
थप विवरण आउन बाँकी छ ।
पोखरा महानगरपालिका वडा नं. ४ र ५ को सिमानामा पर्ने उक्त पुल फराकिलो सडकमा साँघुरो भएका कारण बारम्बार दुर्घटना हुने गरेको छ।
पोखराको जिरोकिलोमिटरदेखि बिन्दवासिनीसम्म चार लेनको सडक बनेको ८ वर्ष भयो । यस क्षेत्रमै सबैभन्दा आकर्षक फराकिलो उक्त सडकखण्डमा सडक मात्र बन्यो तर बीचमा पर्ने फिर्के पुल भने उस्तै छ । नजिकै अर्को फराकिलो पक्की पुल बनाउने काम सुरु भएपनि अझै बनिसकेको छैन ।
अहिलेको पुलमा एकैपटक दोहोरो सवारी चल्न पनि साँघुरो छ । बाटो फराकिलो देखेर तीब्र गतिमा गुड्ने सवारीहरु पुल आउने बित्तिकै बीच लेनतर्फ जानुपर्ने हुन्छ तर फराकिलो सडकमा तीब्र गतिमा गुडेका सवारी नियन्त्रण गुमाउँछन् अनि खोलामा खस्छन् । वर्षेनी दुर्घटना भईरहेको छ ।
पुल नजिकै घर भएकी पत्रकार कञ्चन थापाले पुलमा दुर्घटना बढेको कारण सरोकारवालाको ध्यानाकर्षण जनाएको दशक पुग्न लाग्यो । तर, समस्या जस्ताको तस्तै भएपछि आफूलाई दिक्क लागेको सुनाउँछिन् ।
सम्बन्धित खबर
गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा तिवारी नियुक्त
पोखरामा शनिबार एमालेको बृहत् जागरण सभा
१० बर्षीया भागवत वाचिका अनुराधा पाण्डेयले आजबाट गण्डकी कोटिहोममा कथा प्रवचन सुरु गर्दै
हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो
गण्डकी कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा भक्तजनको उपस्थिति बाक्लिँदै
आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता
यो पनि पढौँ
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित