स्याङ्जामा महिलालाई २० दिने नि:शुल्क लोकसेवा तयारी कक्षा सुरु गरिएको छ ।
निजामती सेवामा महिलाको सहभागिता बढाउने उद्देश्यले सामाजिक विकास कार्यालय स्याङ्जाले नि:शुल्क कक्षा सुरु गरेको हो । महिलालाई लक्षित गर्दै (खसआर्य, जनजाती, दलित, अपांग) लगायत ४० जनालाई सहभागी गराई खरिदार तह सरहका कक्षा सुरु गरिएको हो ।
मंगलबारदेखि सुरु गरिएको तयारी कक्षाको औपचारिक रुपमा सुभारम्भ गर्दै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले यो २० दिन पर्याप्त नभएको बताउँदै कक्षाको सहि सदुपयोग गर्दै अध्ययनको बानी बढाउन सुझाव दिइन् ।
उक्त कार्यक्रममा करदाता सेवा कार्यालय स्याङ्जाका प्रमुख गङ्गा बस्याल, शाखा अधिकृत संयोग भट्टराई, सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेल, नायब सुब्बा दोर्णप्रसाद पनेरु लगायतले अध्ययनशील युवाहरूको पहिलो रोजाई निजामती सेवा भएको बताउँदै निःशुल्क कक्षाबाट धेरै भन्दा धेरै लाभ लिन आग्रह गरे ।
२० दिने तयारी कक्षामा ६० सेसन हुनेछ । जिल्ला तथा केन्द्रमा बसी आयोग सम्बन्धी अनुभवी प्रशिक्षकद्वारा दैनिक साढे ४ घण्टा पढाउने गरी कक्षा लिइने सामाजिक विकास कार्यालय प्रमुख जीवन पौडेलले जानकारी दिए ।
सम्बन्धित खबर
कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक [हेर्नुहोस्]
कक्षा १२ को परीक्षा सर्यो, वैशाख २१ गतेदेखि सञ्चालन हुने
कक्षा १२ को परीक्षा नरोकिने, निजामती कर्मचारी खटाएर भएपनि सञ्चालन गर्ने
कक्षा १२ को परीक्षाबारे भोलि मंगलबार निर्णय हुने
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध
‘कक्षा १२ को परीक्षा स्थगित भएको छैन’
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन