गण्डकीमै पहिलो पटक एआई एक्सरे मेसिन सञ्चालनमा, स्वास्थ्यमन्त्री पाठकद्वारा शुभारम्भ

गण्डकीमै पहिलो पटक एआई एक्सरे मेसिन सञ्चालनमा, स्वास्थ्यमन्त्री पाठकद्वारा शुभारम्भ

bishal tiwiri

गण्डकी प्रदेश सरकारले (आर्टिफिसियल इन्टिलिजेन्स) एआई एक्सरे मेसिन सञ्चालनमा ल्याएको छ।

छाती रोगसम्बन्धी खोज पड्तालका लागि गण्डकी प्रदेशमा नै पहिलो पटक बागलुङको गलकोटबाट सेवा शुभारम्भ भएको हो।

गलकोट नगरपालिका–११ रिघा स्वास्थ्य चौकीमा आयोजना गरिएको एक्सरेद्वारा छाती रोग खोज पड्ताल कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मेसिनको शुभारम्भ गरे। अत्याधुनिक प्रविधिसहितको मेसिनको प्रयोगद्वारा छाती रोगको समयमा खोजी र उपचारका लागि प्रदेश सरकारले काम थालेको उनले बताए।

क्षयरोग उपचार केन्द्र गण्डकी प्रदेश पोखराले रु एक करोड ७५ लाख खर्च गरी खरिद गरेको एआई एक्सरे मेसिनले प्रदेशभरी खोज पड्ताल कार्यक्रम आयोजना गरेर छाती रोगको पहिचान गरिने मन्त्री पाठकले बताए।

क्षयरोग लागयतका छातीसम्बन्धी रोगको समयमा उपचार नहुँदा नागरिकले ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्यका लागि प्रविधि, जनशक्ति र उचारमा प्रदेश सरकारले कार्यक्रम ल्याएको उनले बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds