स्याङ्जाको आँधीखोला गाउँपालिकामा खुल्ला भजन चुड्का प्रतियोगिता हुने भएको छ ।
बाला चतुर्दशिका दिन अर्थात् यहि मङ्सिर १५ गते ‘अन्धा अन्धी श्रवण कुमारको महिमा’ भन्ने विषयमा खुल्ला भजन चुड्का प्रतिस्पर्धा गरिने गाउँपालिका प्रमुख विश्व पौडेलले जानकारी दिए ।
आँधीखोला गाउँपालिका -४ स्थित ऎतिहासिक तथा धार्मिक तिर्थस्थल श्रवण कुमार समाधी क्षेत्र परिसरमा प्रतियोगिता गरिने प्रमुख पौडेलले बताए । सोही दिन सतबिज छर्ने लगायत विविध धार्मिक एवं सास्कृतिक कार्यक्रम गरिने उनको भनाइ छ ।
उनले ऎतिहासिक तथा धार्मिक स्थल श्रवणकुमार समाधि क्षेत्रको थप प्रचारप्रसार गर्ने र भजन चुड्का प्रतियोगिता मार्फत मौलिक संस्कृतिको संरक्षणमा समेत टेवा पुगोस् भनी प्रतियोगिता आयोजना गरिएको पौडेलले बताए ।
किंवदन्ती अनुसार आफ्ना दृष्टिविहिन बाबाआमालाई खर्पनमा बोकेर तीर्थाटन गराउन हिँडेका क्रममा बाबाआमालाई तिर्खा लागेछ ।
नजिकै पानी नपाएपछि एउटा गुफामा राखेर पानी खोज्न जाँदा तलाउमा पानी भर्ने क्रममा राजा दशरथको वाण लागेर श्रवणकुमारको मृत्यु भएछ । जुन ठाउँमा श्रवणकुमारको मृत्यु भयो सोही ठाउँमा नै पहिलो पटक भजन चुड्का प्रतियोगिता गर्न लागिएको हो ।
उनले प्रतियोगितामा विजेता हुने टिमले नगद १७ हजार रुपियाँ प्राप्त गर्ने बताए । यस्तै, द्वितीय हुनेले १३ हजार, तेस्रोले नौ हजार र सान्त्वनाले पाँच हजार रुपियाँ हात पार्नेछन् ।
सम्बन्धित खबर
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
आज चैते दशैँ पर्व मनाइँदै
आज ईद–उल–फित्र पर्व, सार्वजनिक बिदा
वासन्ती नवरात्र सुरु, मिथिला क्षेत्र पर्वमय
तराई–मधेसमा आज होली पर्व मनाइँदै
आज हिमाली र पहाडी भेगमा फागु अर्थात होली पर्व मनाइँदै
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर