आज पनि तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन

आज पनि तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन

sun gold

नेपाली बजारमा आज पनि सुनको भाउमा गिरावट आएको छ।

हिजो झण्डै १६ हजार रुपैयाँ घटेको सुनको भाउ आज पनि २६ सयले ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २६ सय रुपैयाँले घटेर १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो एकैदिन सुन प्रतितोला १५ हजार ९०० रुपैयाँ घटेर १ लाख ५३ हजार ३०० रुपैयाँमा झरेको थियो। आज चाँदीको भाउ १८ सय २० मा कारोबार भइरहेको छ।

सरकारले सुनमा लाग्ने भन्सार आधा घटाएपछि मूल्य ओरालो लागेको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ