काठमाडौं । हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि भएका छन् । कतिपय स्थानमा असावधानीका कारण आगलागी हुँदा जनधनको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणमा उल्लेख छ ।
प्राधिकरणले उपलब्ध गराएको मंसिर १ देखि १० गतेसम्मको विवरणमा सबैभन्दा बढी आगलागीका घटना भएको देखिएको हो ।
प्राधिकरणका अनुसार मंसिर १ गते ११ वटा विपद्का घटना भएका थिए । त्यसमध्ये आठ वटा आगलागीका मात्रै घटना थिए भने जनावरको आक्रमणबाट एकजना र लेक लागेर एकजनाको मृत्यु भएको थियो । मंसिर २ गते विपद्का १२ वटा घटनालाई प्राधिकरणले समावेश गरेको छ । त्यसदिन पनि विभिन्न आठ स्थानमा आगलागी भएका थिए ।
झापाको दमकमा हात्तीको आक्रमणमा एकजनाको मृत्यु भएको थियो ।
मुस्ताङमा लेक लागेर एकजना र सुनसरीमा अर्नाले हानेर एकजना घाइते भएका थिए । मंसिर ३ गते दुईवटा घटनामात्रै भएका प्राधिकरणले जनाएको छ ।
मोरङमा आगलागी र बैतडीको पाटनमा सुक्खा पहिरो खसेर महाकाली राजमार्गमा अवरुद्ध भएको थियो । मंसिर ४ गते देशभर १६ मध्ये १३ वटा आगलागीका विपद्जन्य घटना भएका थिए ।
मंसिर ५ गते देशभर १२ वटा आगलागीका घटना भएको पाइएको छ । आगलागीमा ठूलोमात्रामा भौतिक क्षति भए पनि मानवीय क्षति नभएको प्राधिकरणको विवरणमा समावेश छ ।
त्यसदिन आगलागीमा परी एकजना घाइते भएका छन् । मंसिर ६ गते १० वटा घटना घटेकामा नौवटा आगलागीका मात्रै थिए । त्यसदिन आगलागी र जनावर आक्रमणमा परी दुईजना घाइते भएका उल्लेख छ ।
मंसिर ७ गते देशभरका १४ स्थानमा आगलागी भएको थियो । आगलागीका कारण भौतिक सामग्री जलेर नष्ट भई दुईजना घाइते भएका प्राधिकरणले जनाएको छ ।
मंसिर ८ गते देशभर १० वटा विपद्जन्य घटनामध्ये नौवटा आगलागीका थिए । लेक लागेर एकजना र आगलागीबाट एकजना घाइते भएका थिए ।
मंसिर ९ गते देशभर विपद्का १५ घटनामध्ये १४ वटा आगलागीका घटना भएका थिए । सोही दिन नवलपरासी पूर्वमा गैंडाको आक्रमणमा एकजनाको मृत्यु भएको थियो । आगलागीमा परेर दुईजना घाइते भएका थिए ।
मंसिर १० गते विपद्जन्य १४ वटा घटना देशभर घटेका छन् । त्यसमा १३ वटा आगलागीका हुन् । यसरी पछिल्ला १० दिनको विवरणमा सबैभन्दा बढी आगलागीका घटना छन् ।
आगलागीबाट जोगिन बैलापूर्वसावधानी अपनाउन प्राधिकरणले सई आग्रह गरेको छ ।
प्राधिकरणले घर नजिक कुवा, इनार र पोखरीको व्यवस्था गरी पानीको जगेर्ना गर्न, समुदायस्तरमा आगलागीको समयमा तत्काल प्रयोगका लागि डोरी, बोरा, कपडा, बाल्टिन, कुटो, कोदालो आदिको व्यवस्था गर्न, समयमा सम्बन्धित निकायमा सूचना गर्न आग्रह गरेको छ ।
क्षति कम गर्न परिवार तथा समुदायमा पूर्वतयारी योजना तयार पारी कार्यान्वयन गर्न अनुरोध गरेको छ ।
प्रज्वलनशील पदार्थहरू (सलाई, मट्टितेल, पेट्रोल, ग्यास सिलिण्डर आदि) सुरक्षित राख्न, शरीरमा आगो लागेमा उक्त व्यक्तिलाई दौडन नदिइ भुइँमा सुताएर टाउकोदेखि पैतालासम्म कम्बल वा बोरा आदिले छोप्नुपर्ने प्राधिकरणले उल्लेख गरेको छ ।
आगलागी भएको ठाउँभित्र जानुपरेमा तालिम प्राप्त व्यक्तिमात्र जान, वनजंगलमा जथाभावी आगो नलगाउन, चुरोटका ठुटा जथाभावी नफाल्न र खाना पकाइसकेपछि आगो राम्ररी निभाउन प्राधिकरणले अनुरोध गरेको छ । रासस
सम्बन्धित खबर
प्रेम सम्बन्ध बिग्रिएपछि युवतीको तस्वीर दुरूपयोग गरी चरित्र हत्या गर्ने युवक पक्राउ
आशिका तामाङ किन पक्राउ परिन्?
रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालत बाट पनि ६० लाख धरौटीमा छाड्न आदेश
रवि आइतबार मात्र काठमाडौं अदालत उपस्थित हुने, पोखराबाट सडकमार्गबाटै काठमाडौं
यौनकर्मी महिलालाई शारीरिक सम्पर्कपछि चक्कु प्रहार गर्ने युवक पक्राउ
चलचित्र ‘गुरु आमा’को पहिलो पोस्टर सार्वजनिक
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी