प्रथम स्व. कमल पोख्रेल स्मृति कप, पुरुष भलिबल प्रतियोगिता हुने

प्रथम स्व. कमल पोख्रेल स्मृति कप, पुरुष भलिबल प्रतियोगिता हुने

Bachpur game_2081

पुतलीबजार नगरपालिका -७ बाच्पुरमा प्रथम स्व. कमल पोख्रेल स्मृति कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ साहारा युवा क्लबले साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेको क्लबका सचिव प्रेम बहादुर थापा (सिजन)ले जानकारी दिए ।

यहि पौष १२ गतेदेखि बाच्पुर खेलमैदानमा हुने पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमले ६० हजार एक सय पाँच रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । द्वितीय हुनेले ४० हजार एक सय पाँच, तृतीय हुनेले २० हजार एक सय पाँच र सान्त्वना हुनेले १० हजार एक सय पाँच रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, सेटर, ब्लकर र डिफेन्डरलाई पनि पुरस्कृत गरिने खेल संयोजक अमृत केसीले बताए ।

त्यस्तै, कार्यक्रममा छेलो फाल्ने, कुर्सी दौड, रसी तान्ने र घैंटो फुटाउने प्रतियोगिता पनि रहने क्लबका सचिव थापाले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ