माछापुच्छ्रे गाउँपालिकाको आयोजनमा भएको माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताको उपाधि माछापुच्छ्रे–४, लाहाचोकको ज्ञानज्योति बोर्डिङ स्कुलले जितेको छ ।
पालिकाका १२ वटा विद्यालय सम्मिलित प्रतियोगितामा महत्वपूर्ण खेलमा ५ स्वर्ण, २ रजत र १ कास्य प्राप्त गरी उपाधि चुमेको छ । रनिङ शिल्डसंगै विद्यालयले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ ।
५ स्वर्ण, १ रजत र ३ कास्य प्राप्त गरी माछापुच्छ्रे मावि दोस्रो भएको छ । बराह माविले ४ स्वर्ण, ७ रजत र २ कास्यका साथ तेस्रो स्थान पाप्त गरेको छ । दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः १० हजार र ७ हजार ५ सय रुपैंया र साथमा ट्रफी, पुरस्कार पाप्त गरेका छन् ।
उक्त प्रतियोगितामा अन्तर मा.वि भलिबल छात्रा/छात्र , कबड्डी छात्रा/छात्र , एथलेटिक्स दौड ट्रयाक १००, २००, ४००, ८००, १५०० र ३००० मि. साथै छात्रा/छात्र ४ ×१०० मि.रिले, ४×४०० मि.रिले, छात्रा/छात्र, हाइजम्प , लङजम्प, ट्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट, मार्चपास लगाएतका खेलहरु सम्पन्न गरेको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समिति सदस्य सचिव हुम ब. गुरुङले बताए ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ यही मंसिर ६ गते देखि ८ गते सम्म महेन्द्र माध्यमिक विद्यालयको खेलमैदान लाहाचोकमा भएको थियो ।
सरकारले विद्यालयबाटै खेलकुद प्रतिभाको खोजी गर्दै सम्वर्द्धन र प्रवर्द्धन गर्ने लक्ष्यसहित देशको संघीय संरचना अनुसार स्थानीय, प्रदेश र संघस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको छ । राष्ट्रपति रनिङ एक राष्ट्रिय स्तरको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हो ।
गाउँपालिका अध्यक्ष मिन ब. गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षा, युवा तथा खेलकुद शाखा प्राविधिक सहायक विष्णु प्र. अधिकारीले गरेका थिए ।
सम्बन्धित खबर
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
पूर्वेली एफसीलाई भिमप्रसाद स्मृति मुस्ताङ कपको उपाधि
हिसान गण्डकी फुटसल प्रतियोगिता सुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी सुरुवात
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो