पोखरा वडा नं. १५ ले क्रिकेट खेलाडी रचनालाई ३४ हजार नगदसहित सम्मान गर्ने

पोखरा वडा नं. १५ ले क्रिकेट खेलाडी रचनालाई ३४ हजार नगदसहित सम्मान गर्ने

सिद्ध माविमा निःशुल्क पढाइने

rachana ward 15

पोखरा महागरपालिका वडा नं. १५ ले क्रिकेट खेलाडी रचनालाई रु ३४ हजार नगदसहित सम्मान गर्ने भएको छ ।

पोखरामहानगर वडा नं. १५, फलेपाटनस्थित सिद्ध माविले क्रिकेट खेलाडी रचना चौधरीलाई बधाई तथा सम्मान गरेको गरेको कार्यक्रममा बोल्दै पोखरा १५ का वडाध्यक्ष तोरण बानियाँले वडाको एक मात्र सामुदायिक विद्यालय सिद्ध माविले खेलकुदका राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय खेलाडी उत्पादन गरिरहेको बताउँदै रचनालाई वडाले आगामी पुसमा हुने वडा खेलकुद महोत्सवमा ३४ हजार नगद तथा सम्मानपत्रले सम्मान गर्ने बताए ।

नेपाली यू-१९ महिला क्रिकेट टिमबाट गण्डकी प्रदेशबाट छनोट भई पहिलो पटक आईसीसी यू-१९ महिला टी२० विश्वकपमा छनोट भएकामा चौधरीलाई बधाई तथा सम्मान गरेको विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले बताए ।

कक्षा ११ मा अध्ययनरत चौधरीले छोटो समयमै क्रिकेट खेलमा प्रगति गरेको र परिवार, समाज, विद्यालयर गण्डकी प्रदेशकै इज्जत राखेको प्रअ कोइरालाले बताए। रचनाले अब कक्षा १२ सम्म निःशुल्क पढ्न पाउने भएकी छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर आलेले रचनाको प्रगति लोभलाग्दो भएको बताउँदै अन्य भाइबहिनीहरुका लागि रचना प्रेरणाको स्रोत भएको बताए ।

पोखरा महानगर वडा नं. १५ गलेश्वर चोक निवासी १७ वर्षीया रचना चौधरीले क्रिकेट खेल्नका लागि विद्यालय र वडा कार्यालयले सहज वातावरण निर्माण गरेको र खेलकुदका आवश्यक सामग्री प्रदान गरी आफ्नो क्रिकेट खेलमा टेवा पुर्याएकामा धन्यवाद व्यक्त गरिन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds