जोमसोम । नेपाल भ्रमण रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले शनिबार बिहान मुक्तिनाथको दर्शन गरेका छन् ।
नेपाली सेनाको हेलिकोप्टर मार्फत् मुस्ताङ आएका भारतीय स्थल सेनाध्यक्ष द्विवेदीले मुक्तिनाथमा १०८ धारामा जलसेचन गरी मुक्तिनाथ मन्दिरको दर्शन गरेका हुन् ।
भारतीय सेनाध्यक्ष द्विवेदी मुक्तिनाथ दर्शन गर्ने उद्देश्यले नेपाली सेनाको हेलिकोप्टर मार्फत् शनिबार बिहान ८ः४० बजे मुक्तिनाथ हेलिप्याडमा अवतरण गरेका थिए । सेनाध्यक्षको मुक्तिनाथ भ्रमण दलमा ४ जना महिला पनि समावेश थिए ।
भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मुस्ताङको जोमसोमस्थित नारायण दल गणका गणपति प्रमुख सेनानी लेखनाथ कटुवाल र सैनिक उच्चशिखर शिक्षालयका महासेनानी खेमराज शर्माले मुक्तिनाथमा स्वागत गरेका थिए ।
सेनाध्यक्ष द्विवेदीले मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किएको शैनिक जनसम्पर्क निर्देशानालयले पुष्टि गरेके छ । निर्देशानालयले भारतीय स्थल सेनाध्यक्ष द्विवेदीको मुक्तिनाथ भ्रमण नितान्त व्यक्तिगत रहेको बताएको छ ।
द्विवेदीले अरु सामान्य नागरिक जस्तै मुक्तिनाथ मन्दिरको दर्शन गरेका हुन् । मुक्तिनाथमा उनको सुरक्षार्थ नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी खटिएका थिए ।
मुक्तिनाथ मन्दिर स्थित १०८ धाराको जल शीरमा जलसेचन गरेका स्थल सेनाध्यक्ष द्विवेदीले चिसो महसुस गरेका थिए । हिउँदयाममा मुस्ताङको मौसम अत्यधिक चिसो हुन्छ । मुक्तिनाथ परिसरमा उनले १ घण्टा ५० मिनेट बिताएका थिए ।
सम्बन्धित खबर
मुस्ताङमा बने थप तीनवटा मोटरेबल पुल
मुस्ताङ प्रशासनको पुरानो भवनमा आगलागी हुँदा सुरक्षाकर्मी घाइते
जोमसोममा झोलुङ्गे पुलबाट खसेर पोखराका युवकको मृत्यु
मुस्ताङमा झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु
मुस्ताङमा आलु ‘जोन’ सञ्चालन
पत्रकार महासंघ मुस्ताङमा सुनदेवी निर्विरोध
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो