काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा हिरासतमा रहेका रवि लामिछानेमाथि अदालतले चारवटा पक्राउ पुर्जी जारी गरेको छ ।
राष्ट्रिय सवतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री लामिछानेविरुद्ध सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न पोखरा, रूपन्देही, काठमाडौं र चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्धनिर्देशक लामिछाने, पूर्वउपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध अनुसन्धान गर्न चितवन जिल्ला अदालतले शुक्रवार प्रहरीलाई अनुमति दिएको छ ।
यसअघि नै उनलाई काठमाडौं जिल्ला अदालतले समेत पक्राउ गर्ने अनुमति दिएको प्रहरीले जनाएको छ । चितवन–२ का सांसदसमेत रहेका लामिछानेलगायत विरुद्ध साहारा चितवन सहकारीका २४ बचतकर्ताले बुधबार प्रहरीमा पूरक जाहेरी दिएका थिए । जाहेरीबमोजिम अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लक्ष्मण केसीले बताए ।
लामिछाने र जोशीसँगै जीबीग्रुपअफ कम्पनीका सञ्चालकहरू विशाल तामाङ, नवीन अछामी, रविना रिमाल र असरफ अली सिद्दिकी, नेचर नेस्ट प्रालिका सञ्चालक दीपकलामा, स्प्रिङउड रियलस्टेट एन्ड हाउजिङ प्रालिका सञ्चालक भगवती बम्जन र नेचर हर्ब्स इन्टरनेसनल प्रालिका सञ्चालक कविता तामाङ र रामबहादुर खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ती कम्पनीमा साहारा चितवनबाट नियमविपरीत रकम गएको पाइएको छ ।
लामिछाने र जोशी यसअघि नै पक्राउ परेर सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन्। उनीहरू पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमाथि अनुसन्धानका क्रममा पक्राउ परेका थिए । यसबीचमा बुटवलको सुप्रिम सहकारीको बचत हिनामिनामा रूपन्देही प्रहरीले दुवैमाथि बयान लिइसकेको छ ।
काठमाडौं प्रहरीले पनि स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धान गर्न लामिछाने र जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । जोशीमाथि बयान लिइसकेको काठमाडौं प्रहरीले लामिछानेलाई झिकाउने तयारी गरिरहेको छ । बचतकर्ताले दिएको जाहेरीमा साहारा चितवनबाट १० करोड ८० लाख रुपियाँ नियमविपरीत गोर्खा मिडियामा गएको उल्लेख छ ।
सहकारी संस्थाको बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले गीतेन्द्रबाबु (जीबी) राईले विभिन्न सहरमा सञ्चालन गरेका पाँच सहकारीबाट नियमविपरीत ६५ करोड रुपियाँ गोर्खा मिडियामा लगेको निष्कर्ष निकालेको थियो । समितिले गत भदौ ३१ म बुझाएको प्रतिवेदनमा गोर्खा मिडियाका अध्यक्ष जीबी राई, प्रबन्धनिर्देशक रवि लामिछाने, तत्कालीन सञ्चालकद्वय छविलाल जोशी र कुमार रम्तेलमाथि अनुसन्धान र कारबाहीका लागि सिफारिस गरिएको थियो ।
रम्तेल गत भदौमै पक्राउ परेर पुर्पक्षका लागि थुनामा हुनुहुन्छ भने राई फरार हुनुहुन्छ । संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्दै प्रहरीले जोशीगत असोज ६ मा र लामिछाने कात्तिक २ मा काठमाडौंबाट पक्राउ गरेको थियो ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो