आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने

आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने

पार्किङदेखि सुटिङसम्म शुल्क निर्धारण

dharhara

काठमाडौं । आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने भएको छ । धरहरा पुनर्निर्माण भएको ६ वर्षपछि पहिलोपटक सर्वसाधारणका खुला भएको हो । अब धरहरा व्यावसायिक रूपमा खुला भएको छ ।

काठमाडौं महानगरपालिकाको भोगाधिकार रहेको धरहरा कामपाका मेयर बालेन्द्र साहको दम्भका कारण सरकारले कामपाबाट खोसेर सरकारले जिम्मा लिएको हो । आज आइतबारबाट स्वदेशी नेपाली नागरिकले २ सय रुपियाँ तिरेर धरहरा चढ्न पाउने भएका छन् ।

धरहरा चढ्न विद्यार्थी, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, १० वर्षभन्दामुनिका बालबालिका र अपांगता भएका व्यक्तिहरूले ५० प्रतिशत छुट अर्थात् १ सय रुपियाँमा धरहरा चढ्न पाउनेछन् । यसअघि संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट केही दिनका लागि परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो । प्रवेश शुल्कअनुसार स्वदेशी नागरिकको लागि प्रतिव्यक्ति २ सय रुपियाँ शुल्क तोकेको छ ।

शुल्क कति
–धरहरा परिसर अवलोकन मात्र–५०
–स्वदेशी अवलोकन गरेको–२००
–१० वर्षभन्दा मुनिका बालबालिका, विद्यार्थी र ७० वर्षमाथिका ज्येष्ठ नागरिक र अपांगता भएकालाई–१००
–सार्क राष्ट्रका–५००
–सार्कबाहेकका विदेशी–१०००
–व्यावसायिकबाहेक राष्ट्रिय महत्वका विज्ञापन शुल्क प्रतिघण्टा–५०००
–भिडियो छायांकन प्रतिघण्टा–५०००
–व्यावसायिक फोटोग्राफी छायांकन शुल्क प्रतिघण्टा–१०००
–पार्किङ शुल्क चारपाङ्ग्रे प्रतिघण्टा–२०
–दुईपाङ्ग्रे प्रतिघण्टा–१०

गएको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा शुल्क लिई धरहरा सञ्चालन गर्ने निर्णय गरेपछि आजबाट व्यावसायिक रूपमा धरहरा खुला भएको हो ।

२०७२ सालको शक्तिशाली भूकम्पबाट ध्वस्त धरहरा पुनर्निर्माणपछि यही असोज ३ गते खुला भएको थियो । भदौ २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले असोज ३ गतेबाट केही समयका लागि धरहरा खुला गरेको थियो । जीआईटीसी रमन कन्स्ट्रक्सन जोइन्ट भेन्चर कम्पनीले धरहरा पुनर्निर्माण गरेको हो ।

२०७२ साल फागुन ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ‘मेरो धरहरा, मै बनाउँछु’ भन्ने अभियान शुरू गरिएको थियो । २०७५ असोज १४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट पुनर्निर्माण शुरू गरिएको थियो । २०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गर्नुभएको थियो । उहाँकै कार्यकालमा सबैका लागि धरहरा खुला गरिएको हो । करिब २ महिना निःशुल्क चढ्ने व्यवस्था भएपछि २५ हजार जतिले अवलोकन गरेका थिए ।

अवलोकनकर्ताले केही दिन वेवसाइटमार्फत् र केही दिनपछि भौतिक रूपमा धरहरा परिसरबाटै टिकट काट्न पाउने व्यवस्था गर्न लागेको हो । विदेशी राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रका विदेशी नागरिकलाई प्रतिव्यक्ति १ हजार रुपियाँ शुल्क तोकेको छ ।

त्यस्तै, धरहरामा चारपाङ्ग्रे सवारीसाधनका लागि प्रतिघन्टा २० रुपियाँ र दुई पाङ्ग्रेलाई १० रुपियाँ पार्किङ शुल्क तोकेको छ । धरहरा परिसरमा प्रवेशका लागिमात्र भने ५० रुपियाँ तोकिएको छ । प्रवेश गर्नमात्र टिकट खरिद गर्नेले धरहरा चढ्न पाउँदैनन् । सहरी विकास मन्त्रालयले सूचना जारी गरी सो निर्णय गरेको हो ।

त्यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघन्टा ५ हजार तोकेको छ । त्यस्तै, धरहरा परिसरमा व्यावसायिक भिडियो छायांकन गर्न प्रतिघन्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघन्टा १ हजार रुपियाँ तोकेको छ । २२ तले धरहरा चढ्नेले भूकम्पले ध्वस्त भएर ठुटोमात्र बाँकी रहेको भाग र भग्नावशेष खुला रूपमा हेर्न पाइने व्यवस्था छ । धरहरामा माथिसम्म पुग्न लिफ्ट जडान गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds