पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा

कारबाही

पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा

bike karbahi

पोखरा । स्वरुप परिवर्तन गरिएका २३ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा सवारी साधन जाँच गर्दा अवस्था ठिक नरहेका र चर्को आवाजमा ध्वनी प्रदूषण गर्ने २३ वटा मोटरसाइकलहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाएको छ ।

कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदूषण गरी मोटरसाइकल नचलाऔं, यदी कसैले चलाएको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिन प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds