वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम

अतिरिक्त क्रियाकलाप

वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम

birendra school

पोखरा । विद्यार्थीमा रहेको अन्तरनिहित प्रतीभा प्रष्फुटनको उद्देश्यका साथ पोखरा-५, मालेपाटनमा रहेको वीरेन्द्र मेमोरियल स्कुलमा शुक्रवार एक दिवसीय प्रतीभा प्रस्फुटन कार्यक्रम सम्पन्न भयो ।

चार तह र सात विधामा विद्यार्थीहरुले आफ्नो क्षमता प्रस्तुत गरे । कार्यक्रममा नृत्य, कवीतावाचन, गायन, वाध्यवादन, ओरीगामी, किरीगामी, नाटक, ललीतकला, तेक्वान्दो, हस्तकला लगायतका प्रत्येक विधामा विद्यार्थीले प्रतिष्पर्धा गरेका थिए ।

कार्यक्रममा बोल्दै स्कुलका प्राचार्य सन्तोष लामिछानेले विद्यार्थीको रूचि अनुसारका कार्यक्रम सञ्चालन गर्दा जसले उनीहरुमा रहेको अन्तरनिहित क्षमतालाई उजागर गर्न सह‌योगी हुने कुरा बताए ।

कार्यक्रममा स्कुलका विज्ञान शिक्षक रामचन्द्र अधिकारी, शिक्षक दिपक शर्मा लगायतले बोलेका थिए ।

उक्त कार्यक्रमको निर्णायकको रुपमा शुशिल थापा, ऋषि अधिकारी र शुष्मा शर्मा रहेका थिए ।

स्कुलका निर्देशक रुद्रप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षिका मञ्जु सुवेदीले गरेकी थिइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds