बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल

बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल

फोहर उठाएपछि गाडी पठाउन गरिएकाे अनुरोधलाई अस्विकार गरेर कार्यक्रम नसकिँदै जरिवाना !

shankar_pokheral

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पाेखरेलले काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन एमाले विरुद्ध परिचालित भएकाे प्रष्ट भएकाे बताउनुभएकाे छ ।

शुक्रबार एमालेले दरबारमार्गमा आयाेजना गरेकाे जागरण सभापछि सार्वजनिक गरिएकाे जरिवाना पर्चाबाट शाह एमाले विरुद्ध परिचालित भएकाे प्रष्ट भएकाे महासचिव शंकर पाेखरेलले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।

कार्यक्रम समापन भएपछि आयाेजककाे तर्फबाट फाेहाेर संकलन गरिएकाे र संकलित फाेहाेर लिन महानगरकाे गाडी बाेलाउने काम जारी रहेकै बेला बालेनले जरिवाना पत्र काटेकाे उनले उल्लेख गरे ।

संकलन गरिएको भएको फोहर उठाउनका लागि गाडी पठाउन गरिएकाे अनुरोधलाई स्विकार गरेर सहयोग गर्नुको साटो कार्यक्रम नसकिँदै जरिवाना  गरी मेयर शाहकाे निर्देशनमा कुप्रचार गर्ने काम भएकाे महासचिव पाेखरेलले उल्लेख गरेका छन् ।

मेयर शाहकाे ध्यान एमालेले गरिरहेकाे सरसफाईमा नभइ जरिवानाको स्टण्टवाजीमा रहेकाे पनि उनले बताए । महासचिव पाेखरेलले लेखेका छन् – ‘काठमाडाैं महानगरका मेयर बालेन एमालेका विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभा पछि सार्वजनिक गरिएको जरिवाना पर्चावाट बुझ्न सकिन्छ, कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाई आयोजकका तर्फबाटै भइरहेको थियो, संकलन गरिएको भएको फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो, अनुरोधलाई स्विकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा जतिबेला महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गरियो त्यतिबेला स्वयम् सेवकहरु कार्यक्रम थलोमै फोहर संकलन गरेर गाडीमा राख्दै थिए, मंच र मंचमा प्रयोग गरिएका सामाग्री हटाउने काम सगसंगै जारी नै थियो, तर पनि मेयरको ध्यान सरसफाईमा होइन जरिवानाको स्टण्टवाजीमा थियो, जुन समय अगावै सार्वजनिक गरियो ।’

एमाले आफ्नो कार्यक्रमपछि कार्यक्रम स्थल सफा गर्दछ भन्ने कुरा बालेनलाई हेक्का नभएकाे उनले उल्लेख गरे । जागरणसभा यस प्रकारका स्टण्टवाजी गर्नेहरुलाई सचेत बनाउनका लागि पनि भएकाे महासचिव पाेखरेलकाे भनाइ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds