पोखराको एक होटेलका कोठामा बालिकाहरुलाई जबरजस्ती यौन कार्यमा संलग्न गराएको आरोपमा प्रहरीले गएराति ३ युवतीलाई पक्राउ गरेको छ ।
चार जना बालिकालाई कोठाहरुमा राखी बाध्य तुल्याई यौनशोषण गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले ती बालिकाहरूको उद्दार गरेको हो ।
प्रहरीले गोरखाको पालुङ्टार गा.पा. वडा नं.४ स्थायी घर भई हाल लेकसाइड बस्ने १९ वर्ष ममता तामाङ, मकवानपुर बाग्मती गापा वडा नं.८ स्थायी घर भई हाल काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. ७ कपन बस्ने २३ वर्षे रिना तामाङ र पूर्वी नवलपरासी मध्यबिन्दु न.पा. वडा नं.१० स्थायी घर भई हाल लेकसाइड बस्ने बर्ष अन्दाजी १९ की जस्मिन ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।
उद्दार गरिएका बालिकाहरुहरुसँग बुझ्दा ललाई फकाई राम्रो होटलमा काम लगाइदिन्छु, मासिक तलब राम्रो हुन्छ, खानाबस्नको राम्रो सुविधा छ भन्ने विश्वासमा पारी कोठा बाहिर समेत निस्किन नदिई पर पुरुष व्यक्तिहरुसंग शारीरिक सम्पर्क गर्न बाध्य तुल्याएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई कास्की जिल्ला अदालतबाट मानव वेचविखन तथा ओसार पसार मुद्दामा दिन (पाँच) ५ म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडि बढाइएको डिएसपी वसन्तकुमार शर्माले बताए ।
सम्बन्धित खबर
दुर्गा प्रसाईंनिकट युवाहरूले लगाएका थिए तीनकुनेको घरमा आगो [भिडियो]
दुर्गा प्रसाईं असाममा पक्राउ, नेपाल ल्याइँदै
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
काठमाडौँको तीनकुने घटनामा थप ६ जना पक्राउ
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु