काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अहिले कसैको पनि ऋण लिने अवस्थामा नरहेको बताएका छन् । शुक्रबार दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू यही मंसिर १७ गते छिमेकी देश चीनको भ्रमणमा जान लागेको बताए ।
आफ्नो चीन भ्रमण उपलब्धि हुने भन्दै उनले भने, ‘देशको हित र भलाइको लागि कुनै पनि देशको भ्रमण गरिन्छ । त्यसरी नै हामीले हाम्रा भ्रमणहरूलाई सफल बनाउने ढंगले प्रस्तुत गरेको छ ।’
उनले चिनियाँ परियोजना बीआरआईलाई संकेत गर्दै अहिले देशको अवस्था कसैसँग ऋण लिने अवस्था नरहेको पनि बताए । ‘हामी सकेसम्म कतैको पनि ऋण लिँदैनौँ । अहिले ऋण लिने मनस्थित र अवस्था पनि छैन । तर हामीले उत्पादन बढाउनुपर्छ । आफैँले उन्नति गर्नुपर्छ’, प्रधानमन्त्रीको भनाइ छ ।
अमेरिकाका बैंकको आधा सम्पति मेरै हो ल !
प्रधानमन्त्री ओलीले अमेरिकाका बैंकको आधा सम्पति मेरै हो ल भन्दै ठट्टा गरेका छन् । जागरणसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले विदेशमा आफ्नो लगानी रहेको भन्नेहरुलाई जवाफ फर्काएका हुन् ।
प्रधानमन्त्री ओलीले कम्बोडियामा ३२ हजार करोड लगानी रहेको भन्ने आरोप आरोपका लागि आरोप लगाउने प्रवृत्ति रहेको उल्लेख गर्दै तथ्य प्रमाणका आधारमा बहस गर्न चुनौती दिएका हुन् ।
ओलीले भन्न कै लागि अमेरिकाका बैंकमा रहेको आधा सम्पत्ति आफ्नो भनिदिएपनि हुने बताए । उनले भने, ‘कम्बोडियामा ३२ हजार करोड (२१ हजार करोड डलर), स्वीस बैंकमा यति हजार ? तपाईंहरु त हेर्न जान सक्नुहुन्न । भन्दिए भो, त्योमात्रै किन भन्ने अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो ल !’
कांग्रेसले फेरि भन्यो- बिआरआईका नाममा ऋण लिन सकिँदैन
नेपाली कांग्रेसले बिआरआईका नाममा ऋण लिन नसकिने बताएको छ।
नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे संघीय संसद नयाँ बानेश्वरको शंकर हलमा शुक्रबार कार्यक्रम गर्दै कांग्रेसले अहिले नेपालले कुनै पनि देशसँग ऋण लिन सक्ने अवस्था नरहेको निष्कर्ष निकालेको हो।
उक्त कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता प्रकाशशरण महतले बिआरआईअन्तर्गत नै अनुदान दिए उपयुक्त हुने बताए।
‘हामीले बिआरआई हुँदैन भनेको छैन, अहिले ऋण लिन सकिँदैन भनेको मात्र हो,’ पूर्वअर्थमन्त्रीसमेत रहेका प्रवक्ता महतले भने, ‘मैले समझदारी पत्रमा एमओयु हस्ताक्षर गरेको हो। त्यो हस्ताक्षरमा लगानी, कनेक्टिभिटी र प्राविधिक सहयोगका कुरा छन्। अब कस्तो सहयोग गर्ने भन्ने कुरा आउँदा हामी के चाहन्छौं भने- कनेक्टिभिटीका कुरामा सुरूङमार्ग र सडकमा अनुदान सहयोग दिनुपर्यो।’
उनले यसअघि चीन सरकारले दिने भनेको अनुदान नै कार्यान्वयनमा नआएको अवस्था रहेको पनि बताए।
‘चिनियाँ सरकारले घोषणा गरेको अनुदान नै कार्यान्वयन भएको छैन, पहिले त्यसलाई कार्यान्वयन गर्नुपर्यो भन्ने हाम्रो भनाइ हो,’ महतले भने, ‘अनुदान नै कार्यान्वयन नभएको अवस्थामा ऋणको कुरा गरेर के अर्थ?’
प्रवक्ता महतले चीन सरकारसँग मात्र होइन, जुनसुकै सरकारसँग पनि ऋण लिने गरी अहिले नेपाल अघि बढ्न नसक्ने पनि बताए।
‘बिआरआईअन्तर्गत नै अनुदान कार्यान्वयन गरे भयो, तर हामीले ऋणचाहिँ लिन हुँदैन,’ महतले भने।
कांग्रेसले सभापति शेरबहादुर देउवाको उपस्थितिमा सांसदहरू र विज्ञहरूसँग शुक्रबार छलफल गरेको थियो।
यसअघि गत असार १७ गते सभापति देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीबीच छलफल गरेर कांग्रेसले बिआरआईको ऋण स्वीकार गर्न नसकिने निष्कर्ष निकाल्दै अनुदान भए स्वीकार्य हुने बताएको थियो।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो