काठमाडौँ । एसियाली राजनीति पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को १२औं साधारण सभामा भाग लिनको लागि ३१ देशका ५४ राजनीतिक दलहरूबाट करिब २०० नेताहरू सहभागी हुने भएका छन् ।
कम्बोडियन पिपल्स पार्टी (सीपीपी)को आयोजना हुन गइरहेको साधारण सभामा सहभागी हुन नेताहरू कम्बोडियाको राजधानी नोमपेन्ह आइपुग्ने क्रम जारी रहेको नेकपा एकीकृत समाजवादीका विदेश विभाग सचिव डा.शङ्कर खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार एसियाभन्दा बाहेक १५ वटा मुलुकबाट १६ वटा राजनीतिक दलका ४० जना नेताहरू र ३९ जना पर्यवेक्षकहरू सहभागी हुनेछन् ।
सम्मेलनमा नेपालबाट आठ राजनीतिक दलबाट १३ जना नेताहरू सहभागी हुनेछन् । सम्मेलनमा सहभागी हुनका लागि कम्बोडिया पुगेका खतिवडाले सभाको उद्देश्य ‘शान्ति र मेलमिलाप निर्माणमा राजनीतिक दलहरूको भूमिका’ भन्ने विषय रहेको जानकारी दिए ।

‘विश्वव्यापी शान्ति र स्थायित्वलाई प्रोत्साहित गर्दै भू–राजनीतिक र भू–आर्थिक चुनौतीहरूको सामना गर्नको लागि राजनीतिक दलहरूको बिचमा समझदारी कायम गर्नु हो । यसका लागि, यो अन्तर्राष्ट्रिय सम्मेलन विभिन्न राष्ट्रहरू र क्षेत्रीय साझेदारहरूसँग समन्वयात्मक प्रयासहरू बढाउन र द्वन्द्व रोकथामका लागि प्रभावकारी उपायहरू अपनाउन चाहन्छ । सम्मेलन अन्तर्राष्ट्रिय कानुन र शान्ति स्थापनामा आधारित सिद्धान्तहरूको समर्थन गर्दै, विभिन्न संस्कृतिहरू र विविधताहरूको सम्मान गर्दै आम रूपमा मेलमिलापको प्रक्रिया अघि बढाउन चाहन्छ’, उनले भने ।
साथै, यो सम्मेलनमा संयुक्त राष्ट्र सङ्घको दिगो विकास लक्ष्यहरू–२०३० को प्रगति सुनिश्चित गर्नको लागि आर्थिक असमानता, सामाजिक द्वन्द्व र अन्य चुनौतीहरूको समाधान गर्ने विषयमा पनि छलफल हुनेछ उनले जानकारी दिए ।
खतिवडाले सम्मेलनमा ‘शान्ति र मेलमिलाप प्रवर्द्धनका लागि सांस्कृतिक विविधता’ र ‘शान्ति कायम गर्न आजको डिजिटल दुनियाँमा सन्दर्भमा नक्कली समाचारहरू विरुद्ध कसरी लड्ने’ भन्ने विषयमा छुट्टाछुट्टै समानान्तर सेसनहरू सञ्चालन गरेर यस विषयमा गहिरो छलफल हुने बताए ।
नोभेम्बर २१ बाट सुरु हुने यो अन्तर्राष्ट्रिय सम्मेलन नोभेम्बर २३ मा नोम पेन्ह घोषणापत्र जारी गर्दै समापन हुने खतिवडाले बताए ।
नेपालबाट कुन दलबाट को–को सहभागी हुँदैछन् ?


सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो