स्याङ्जाको फेदीखोला गाउँपालिका -१ मट्टीखानमा अवस्थित अयरपानी सामुदायिक होमस्टेको अवलोकन भ्रमणमा निस्किएको स्याङ्जाली पत्रकारहरुको टोलिले आँधीखोला फाउन्डेसनको परिकल्पना निर्माण गरेको छ ।
विभिन्न ठाउँ र तहबाट सामाजिक कार्यमा अग्रसर रहेकोमा अब एकै ठाउँबाट सामाजिक कार्यमा आफ्नो टिमको सक्रियता बढाउने उद्देश्यले फाउन्डेसनको परिकल्पना गरिएको पत्रकार रोशन लामिछानेले बताए ।
लामिछानेले केही नयाँ मोडेलमा कार्य गर्ने गरि फाउन्डेसनको परिकल्पना गरेको र समाज रुपान्तरणमा प्रस्तावित फाउन्डेसनको महत्त्वपूर्ण पहल रहने बताए । पत्रकारहरुको टोलिले आँधीखोला फाउन्डेसनको ड्राफ्ट तयार गरिसकेको र यसले छिट्टै निचोड पाउने लामिछानेले जानकारी दिए ।
पत्रकारहरुको टोलि सामुदायिक होमस्टेलाई प्रवर्द्धन र प्रचारप्रसार गर्नुपर्छ भन्ने उद्देश्य बोकेर अयरपानी सामुदायिक होमस्टे पुगेको थियो । स्याङ्जाली पत्रकारहरुको यो टोलि (घरबास पर्यटन) होमस्टे प्रवर्द्धन र व्यवसायीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बेला बेलामा पर्यटकीय गाउँहरुको अवलोकन गर्दै आएको छ ।
७ वर्ष पहिला स्थापना गरिएको भए पनि अयरपानी सामुदायिक होमस्टे सक्रिय ढंगबाट संचालनमा आएको भने ३ वर्ष मात्रै भएको अयरपानी सामुदायिक होमस्टे संचालन समितिका अध्यक्ष सपना गुरुङले बताइन् । अयरपानीमा १७ वटा घर भएपनी अहिले १० वटा घरहरुलाई होमस्टे अर्थात् घरबास पर्यटनको रुपमा संचालनमा ल्याइएको उनको भनाइ छ ।
त्यहीँका स्थानीय उत्पादन तथा स्थानीय परिकार र खानाहरुबाट अतिथी सत्कार गरिँदै आएको र अझै व्यवस्थित गरिँदै लैजाने सिरान घरे होमस्टे संचालक जसमाया गुरुङले बताइन् ।
सम्बन्धित खबर
सरकारी अस्पतालको लापरबाही, जाँच गर्न आएका बिरामीलाई म्याद गुज्रिएका औषधि
पर्यटनमन्त्री पाण्डेद्वारा सातौं स्याङ्जा महोत्सवको उद्घाटन
अर्जुनचौपारीमा निर्मित नवग्रह मन्दिरको पर्यटनमन्त्रीद्वारा उद्घाटन
नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने
सातौं स्याङ्जा महोत्सवको तयारी पूरा: पर्यटनमन्त्री पाण्डेले उद्घाटन गर्ने
बिरुवा गाउँपालिकाको भवन अर्थमन्त्री पौडेलद्वारा उद्घाटन
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो