फेदीखोला गाउँपालिकाको आयोजनामा २ दिने वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
स्थानीय वन परिषदको सचिवालय फेदीखोलामा सूचीकृत सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा प्रतिनिधिहरुलाई समेटेर २ दिने वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी सञ्चालन गरिएको हो ।
सामुदायिक वन क्षेत्रमा पाइने वन पैदावार, कु काठ तथा गैह्र काठजन्य वन पैदावारमा आधारित सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरूको सहभागितामा सहकारी स्थापना गरी वन उद्यम स्थापना गर्ने, रोजगार सृजना गर्दै आर्थिक उपार्जनमा सहजै जोड्ने हेतुले कार्यक्रम संचालन गरिएको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष देऊ कुमारी गुरुङ, वडा अध्यक्ष ख्याम नारायण पौडेल लगायतको उपस्थिति रहेको थियो । फेदीखोला गाउँपालिकाका अध्यक्ष तथा वन परिषदका अध्यक्ष घनश्याम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा ग्रीन फाउन्डेसन नेपाल, काठमाडौंका वासुदेव घिमिरेले कार्यक्रमको सहजीकरण गरेका थिए । ग्रीन फाउन्डेसन नेपाल, काठमाडौंको प्राविधिक सहयोग रहेको कार्यक्रम हिजो र आज गरी २ दिन संचालन भएको थियो ।
सम्बन्धित खबर
सरकारी अस्पतालको लापरबाही, जाँच गर्न आएका बिरामीलाई म्याद गुज्रिएका औषधि
पर्यटनमन्त्री पाण्डेद्वारा सातौं स्याङ्जा महोत्सवको उद्घाटन
अर्जुनचौपारीमा निर्मित नवग्रह मन्दिरको पर्यटनमन्त्रीद्वारा उद्घाटन
नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने
सातौं स्याङ्जा महोत्सवको तयारी पूरा: पर्यटनमन्त्री पाण्डेले उद्घाटन गर्ने
बिरुवा गाउँपालिकाको भवन अर्थमन्त्री पौडेलद्वारा उद्घाटन
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो