अर्जुनचौपारी गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु भएको छ ।
पालिकाको खेलमैदानमा बिहीबारदेखि शुरु भएको उक्त महोत्सव मङ्सिर ८ गतेसम्म संचालन हुनेछ । उक्त महोत्सवमा पालिकाभित्रका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरुका विद्यार्थीबिच विभिन्न खेलकुद प्रतियोगिता हुनेछन् ।
कक्षा –१ देखि कक्षा –५ सम्म चम्चा दौड, म्युजिकल चियर, एकल नृत्य प्रतियागिता रहनेछन् भने कक्षा –६ देखि कक्षा –१२ सम्म विभिन्न दुरीमा दौड, रिले दौड, हाइजम्प, लङजम्प, त्रीपलजम्प, छेलो हान्ने, कबड्डी, भाला फाल्ने, डोरी तान्ने र भलिबल खेल हुनेछन् ।
४५ स्वर्ण, ४५ रजत र ४५ कास्य पदकको लागि प्रतिस्पर्धा हुने प्रतियोगितामा पालिकाभित्रका ३३ विद्यालयका कक्षा –१ देखि १२ कक्षासम्मका विद्यार्थीहरुको सहभागी रहेको छ ।
आयोजित राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सवमा आईसीसी महिला यु-१९ विश्वकपका लागि छनोट क्रिकेट खेलाडीलाई गाउँपालिकाले पुरस्कृत गरेको छ ।
विश्वकप खेल्ने तीनैजना महिला क्रिकेट खेलाडी ज्योत्सनिका मरासिनी, सिमाना केसी र कुसुम गोदारलाई प्रोत्साहन स्वरुप जनही पन्ध्र हजार रुपियाँसहित सम्मान पत्र र जिल्ला क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापालाई सम्मान पत्रले सम्मान गरिएको छ ।
सम्बन्धित खबर
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
सरकारी अस्पतालको लापरबाही, जाँच गर्न आएका बिरामीलाई म्याद गुज्रिएका औषधि
पर्यटनमन्त्री पाण्डेद्वारा सातौं स्याङ्जा महोत्सवको उद्घाटन
अर्जुनचौपारीमा निर्मित नवग्रह मन्दिरको पर्यटनमन्त्रीद्वारा उद्घाटन
नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने
सातौं स्याङ्जा महोत्सवको तयारी पूरा: पर्यटनमन्त्री पाण्डेले उद्घाटन गर्ने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो