काठमाडौँ । नेकपा एमालेले मुलुकमा अराजकताका तीन आयाम देखिएको बताएको छ ।
बुधबार एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘अराजकताका तीन आयाम देखिरहेको छु । राजनीतिक पार्टीले प्रयोग गर्ने भाषाशैलीले नै पनि बिगारेको जस्तो देखिन्छ ।’
उनले सामाजिक सञ्जालबाट आउने डिसइन्फरमेसनको अर्को चुनौती भएको भन्दै केही समूहहरू योजनाबद्ध ढंगले अराजकता सिर्जना गर्न लागिरहेको बताए ।
उनले दुर्गा प्रसाईंलाई लक्षित गर्दै भने, ‘अहिले प्रहार केपी ओलीलाई भएको होला । देशको प्रधानमन्त्रीको नागरिकता र हस्ताक्षर किर्ते गर्नेले भोली सबैको गर्छ, यसमा सचेत हुन जरुरी छ ।’
त्यस्तै निराशा र अराजकता चिर्ने तीन कुरा गर्नुपर्ने पनि एमालेले जनाएको छ । ‘डेलिभरी बढाउने, भएका काम वस्तुनिष्ठ देखाउने र प्रायोजित अराजक बन्नेलाई विधिसंगत नियन्त्रण गर्ने’, ज्ञवालीको भनाइ छ ।
संविधान संशोधनबारे पत्रकारले सोधेको प्रश्नमा ज्ञवालीले नौ वर्षको अवधिमा संविधानको वस्तुनिष्ठ समीक्षा, उपलब्धि र कमजोरीको जगमा उभिएर राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्नुपर्छ भनेर एमालेले भन्दै आएको बताए । उनले संशोधनका सवालमा निर्वाचन प्रणालीका बारेमा छलफल गर्नुपर्ने आवश्यकता देखिएको बताए ।
‘बढिमात्रामा निर्वाचन प्रणालीका बारेमा छलफल गर्नुपर्ने । प्रदेश हकमा पनि काठमाडौँमा पानी पर्दा प्रदेशमा छाता ओढ्नुपर्ने अवस्था भएको छ त्यो संघीयताको मर्म होइन होला’, उनले भने, ‘मुख्यमन्त्रीको निर्वाचन पनि प्रत्यक्ष गर्दा के होला ?’
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो