बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा

बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा

Gagan Thapaa 1

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरूले चीनसँग विगतमा गरिएको सम्झौताहरू कार्यान्वयनमा हुनुपर्ने कुरामा जोड दिएको बताएका छन्।

महामन्त्री थापाले बीआरआई सम्झौता कार्यान्वयन अघि चीनसँग विगतमा गरिएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने आफूहरूको चाहना रहेको प्रस्ट्याएका हुन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चीनसँग सम्झौता गरिएको बीआरआई कार्यान्वयन योजनामा सम्झौता गर्नुअघि विगतमा भएका सहमति अनुदान सहायतामार्फत सम्पन्न हुनुपर्ने आफूहरूको अडान रहेको पनि स्पष्ट पारे।

उनले सो सम्बन्धमा एमालेसँग मतभिन्नता भएको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढ्न आफूहरू सक्षम रहेको पनि बताए।

महामन्त्री थापाले सो परियोजनालाई अघि बढाउने विषयमा एमालेसँग साझा धारणा बढाएर अघि बढ्ने बताएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ