एकीकृत समाजवादीले कीर्तिपुरको मेयरमा माओवादीलाई समर्थन गर्ने

एकीकृत समाजवादीले कीर्तिपुरको मेयरमा माओवादीलाई समर्थन गर्ने

Prachanda-Madhav-Nepal

काठमाडौं । नेकपा एकीकृत समाजवादीले काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रलाई समर्थन गर्ने भएको छ ।

बुधबार एकीकृत समाजवादीले विज्ञप्ति जारी गर्दै एसबाट उम्मेदवारी दिएका भानु रिजालको उम्मेदवारी निष्कृय बनाएको जानकारी दिएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल आफैंले बुधबार विज्ञप्ति जारी गरी रिजालको उम्मेदवारी निष्क्रिय भएको र माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई सघाउने उल्लेख गरेका छन् । सोही नगरपालिकाको वडा नं. ४ को वडाध्यक्षमा भने नेकपा (एस) की उम्मेदवार रिता खड्काको उम्मेदवारी कायम रहने विज्ञप्तिमा उल्लेख छ ।

तर, उक्त वडामा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिने नारायण विष्टको उम्मेदवारी बारे स्पष्ट भएको छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ