सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’

प्रवर्द्धनात्मक सामाग्री

सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’

इम्यूनिटी बढाउन सहयोगी हुने गरी गुणस्तरीय

Safal-Family-Milk_PR_4654-x-3154-px-2

पोखरा । सुजल डेरी प्रालिको उत्कृष्ट उत्पादन ‘सफल फेमिली मिल्क’ बजारमा उपलब्ध छ ।

सफल फेमिली मिल्क ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’ नाराका साथ बजारमा आएको यस दूधले उपभोक्ताको मन जित्ने कम्पनीको विश्वास छ । अहिले इम्यूनिटी बढाउन सहयोगसिद्ध हुने गरी सफल दुधले अझै गुणस्तरीयता कायम गरेको हो ।

सुजल डेरी नेपालको दूध तथा दुग्ध पदार्थ उत्पादनमा अग्रणी कम्पनी हो । सफल फेमिली मिल्क उच्च गुणस्तरको गाई भैंसीबाट उत्पादित दूधलाई पोखरा तथा पोखरा नजिकका क्षेत्रबाट संकलन गरी कुनै किसिमको मिसावट नगरी आत्याधुनिक प्रविधिमा पास्चुराजइज गरी (विभिन्न हानिकारक किटाणुहरुलाई निष्कृय बनाई) तुरुन्तै उपयोगयोग्य बनाई बजारमा पठाइने र यसो गर्नाले दूधमा स्वाद तथा गुणस्तर कायम रही स्वच्छता र ताजापन कायम हुने कम्पनीले जनाएको छ ।

‘सफल फेमिली मिल्कमा एसएनएफ र फ्याटको पुरै सन्तुलन मिलाइएको हुन्छ, जस कारण यो अन्य दूधभन्दा बढी स्वादिलो, नौनीमय र स्वास्थ्यवर्द्धक हुन्छ,’ कम्पनीले भनेको छ । यो दूधमा ८ दशमलव ५ प्रतिशत एसएनएफ हुने हुँदा क्याल्सियम, प्रोटिन र भिटामिनका साथै अन्य मिनिरल बढी पाइने कम्पनीको भनाइ छ ।

‘यो दूध पौष्टिकता बढी हुनुको साथ साथै शरीरलाई तन्दुरुस्ती राख्न मद्दत गर्छ,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ, ‘५ दशमलव ५ प्रतिशत फ्याट हुने हुँदा यसले दूधको मिठास कायम गरी दूधलाई अझै क्रिमियर बनाउँछ ।’

सफल फेमिली मिल्क पारदर्शी प्याकेजिङमा प्याक छ । ‘पारदर्शी प्याकले गर्दा दूधमा भएको बाक्लोपन महसुस गर्न सकिन्छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सफल फेमिली मिल्क शुद्धता पौष्टिकता र स्वादले भरिएको छ । परिवारलाई स्फूर्ति र स्वस्थ राख्नको लागि सफल फेमिली मिल्क ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ।’

आइएसओ सर्टिफाइड कम्पनी सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क पनि वैशाखदेखि नै काठमाडौं बजारमा उपभोक्ताको लागि उपलब्ध भएको छ । उपभोक्ताले रुचाएकै कारण यसले राम्रो बजार लिइरहेको कम्पनीको भनाई छ ।

पोखराबाट दुग्ध जन्य पदार्थको उत्पादन तथा विक्री वितरण गर्दै आएको सुजल डेरी प्रालि अन्तर्राष्ट्रिय स्तरमा विस्तार भइसकेको छ । यसका उत्पादनहरु विदेशसम्म पुग्छन् । सुजल डेरीका उत्पादनहरूले बजारमा राम्रो स्थान ओगट्दै आएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ