चितवनको साहारा सहकारीको बचत रकम हिनामिना प्रकरणमा बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
बुधबार सहकारी पीडितले रवि छबिसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका हुन् ।
सहकारी संघष पीडितका अध्यक्ष शालिकराम दवाडीले रवि र छबिसहित १० जनाविरुद्ध जाहेरी दिएको जानकारी दिए ।
यसअघि सहारा सहकारीको बचत रकम हिनामिना प्रकरणमा जीबी राईसहित १७ जना विरुद्ध मुद्दा दर्ता भएको थियो ।
यतिबेला रवि लामिछाने कास्की हिरासतमा छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई भने अनुसन्धानका लागि मंगलबार साँझ काठमाडौँ लगिएको छ।
कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा अनुसन्धानका लागि उनलाई कास्कीबाट काठमाडौँ लगिएको प्रहरीले जानकारी दिएको छ ।
छविको बयान सकिएपछि मात्रै रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौँ लगिने भएको छ। छवी र रविविरुद्ध गत आइतवार मात्रै स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
कास्की प्रहरीको हिरासतमा रहेका कुमार रम्तेललाई भने काठमाडौँ झिकाएर बयान लिइसकिएको छ। रम्तेल पोखरा फिर्ता भएपछि छविलाई बयानका लागि ल्याइएको हो।
यसअघि रुपन्देहीको सुप्रिम सहकारीको रकम अपचलनमा रवि र छविलाई बुटवल लगेर बयान लिइसकिएको छ।
सम्बन्धित खबर
रवि लामिछाने भैरहवा कारागार चलान
पूर्व उपराष्ट्रपतिको सुविधा लिएरै पुन माओवादी केन्द्रको उपाध्यक्ष
विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौँ दोस्रो
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
लेखक तथा वरिष्ठ पत्रकार भैरव रिसालको निधन
यी स्थानमा बदली र वर्षाको सम्भावना
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर