काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा साढे ३२ अर्ब रुपैयाँ लगानी गरेको भनी सामग्री सम्प्रेषण गर्ने नौ युट्युब च्यानल कारबाहीमा परेका छन् ।
प्रेस काउन्सिल नेपालले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै दर्ता भएका र नभएका गरी कूल नौ युट्युब च्यानललाई कारबाही गरेको जानकारी दिएको हो ।
कारबाहीमा परेकामध्ये छ ओटा युट्युब च्यानल काउन्सिलमा सञ्चार माध्यमका रूपमा सूचीकृत रहेका छन् । काउन्सिलले ती च्यानललाई निर्देशन जारी गर्दै स्पष्टीकरण मागेको छ । बाँकी तीन युट्युब च्यानल र फेसबुक पेजलाई भने अनुसन्धान गरी कारबाही गर्न साइबर ब्युरोलाई पत्राचार गरिएको काउन्सिलले जनाएको छ ।
कारबाहीमा परेका च्यानलहरूमध्ये सूचीकृत रहेका लेकाली खबर, खबर बुलेटिन टिभी, न्युज इन नेपाल, रातोपर्दा टिभी, योहो टेलिभिजन एचडी र गुन्द्रुक न्युज छन् । सूचीकृत नभएका च्यानल तथा फेसबुक पेजहरूमा पूर्वी गर्जन मिडिया, सगरमाथा पाना र नेपाल लाइभ एचडी रहेका छन् ।
सोमबार मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईंले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोप लगाएका थिए । उनले आफ्ना आरोप प्रमाणित गर्न भन्दै केही कागजात सार्वजनिक गरेका थिए । साथै, उनले आफ्नो फेसबुक पेजमा पनि केही कागजात र भिडिओ पोस्ट गरेका थिए, जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
कानुन विपरीत प्रधानमन्त्रीविरुद्ध भ्रामक समाचार फैलाउँदै सामाजिक नैतिकता र शिष्टाचारमा गम्भीर असर पुर्याउने गरी घृणा र द्वेष फैलाएको निष्कर्षमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुगेको छ । विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको आरोपमा जिल्ला अदालत काठमाडाैंले दुर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।
त्यसैअनुसार, सीआईबीले मङ्गलबार प्रसाईंलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धानका लागि उनलाई साइबर ब्युरोमा राखिएको छ ।

सम्बन्धित खबर
रवि लामिछाने भैरहवा कारागार चलान
पूर्व उपराष्ट्रपतिको सुविधा लिएरै पुन माओवादी केन्द्रको उपाध्यक्ष
विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौँ दोस्रो
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
लेखक तथा वरिष्ठ पत्रकार भैरव रिसालको निधन
यी स्थानमा बदली र वर्षाको सम्भावना
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर