छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्‍याइयो

सहकारी ठगी प्रकरणः

छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्‍याइयो

छविको बयान सकिएपछि मात्रै रविलाई लगिने

chhabilal-joshi

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई अनुसन्धानका लागि मंगलबार साँझ काठमाडौँ लगिएको छ।

कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा अनुसन्धानका लागि उनलाई आज कास्कीबाट काठमाडौँ लगिएको र बुधवारबाट बयान थालिने प्रहरीले जानकारी दिएको छ । कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माका अनुसार आज साँझ ५ः४५ बजेको यति एयरलाइन्सबाट उनलाई काठमाडौं पठाइएको हो ।

छविको बयान सकिएपछि मात्रै रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौँ लगिने भएको छ। छवी र रविविरुद्ध गत आइतवार मात्रै स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। कास्की प्रहरीको हिरासतमा रहेका कुमार रम्तेललाई भने काठमाडौँ झिकाएर बयान लिइसकिएको छ। रम्तेल पोखरा फिर्ता भएपछि छविलाई बयानका लागि ल्याइएको हो।

यसअघि रुपन्देहीको सुप्रिम सहकारीको रकम अपचलनमा रवि र छविलाई लगेर बयान लिइसकिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds