स्थायी नियुक्ति बदर गर्ने प्रदेश लोक सेवाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

अदालती आदेश

स्थायी नियुक्ति बदर गर्ने प्रदेश लोक सेवाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

sdr

sdr

गण्डकी प्रदेश लोक सेवा आयोगले पोखरा महानगरपालिकाले स्थायी गरेका करारका कर्मचारीको नियुक्ति बदर गर्ने निर्णय गरेकोमा उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

अदालतमा परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशहरु सुदर्शनराज पाण्डे र मेरिना श्रेष्ठको संयुक्त इजलाशले मुद्दा किनारा नलाग्दासम्मका लागि लोकसेवाको उक्त निर्णय र पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्न विपक्षी आयोगका नाममा मंगलबार अन्तरिम आदेश जारी गरेको हो ।

रिटमाथिको सुनुवाइमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय मुकुन्दराज अर्याल र सुरेन्द्रथापा मगर, अधिवक्ता कृष्णकुमार श्रेष्ठ, विपक्षी प्रदेश लोकसेवा आयोगको तर्फबाट मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा, उपन्यायाधिवक्ता लालप्रसाद लामिछाने र पोखरा महानगरपालिकाको तर्फबाट अधिवक्ता सुकदेव गौतमले बहस गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds